शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेप्लिज डायस्पोरा डटकम प्रवासमा रहेका नेपालीको कथा र व्यथामा आधारित अनलाइन हो । पसिना र सपना यसको मुख्य नारा हो । नुन किन्नदेखि नुन किन्ने बन्नसम्मका लागि हामी परदेशिएको ईतिहास हो । यही ईतिहासको गर्तमा टेकेर परदेशमा रहेर घरदेशको चिन्तासंगै परदेश मै आफ्नो जीवनचर्याका दैनिकी हाम्रा प्राथमिकता हुन् ।

नेपाल देशको आधाआधि जनसंख्या बिदेशीभुमीमा बसोबास गर्दै आएको छ । भूगोलको नेपाल छाडेर भावनाको नेपालमा रमाईरहेको यही समुदायको आवाज बन्ने जमर्को हेतु यो अनलाइन संचालन गर्दैछौं । यो अनलाइन नेपाल छाडेर विदेश बसेका नेपाली र नेपाली भाषी भुटानीहरुको बिषयबस्तुमा केन्द्रित हुनेछ । समाचारको विचार र विचारको विस्तार हाम्रो मूल ध्येय हो ।

रहरले छाडेपनि कहरले छाडेपनि देश छाडेर हिडेको दिनदेखि हरेक नेपालीको आत्मामा देखाउन नमिल्ने ठेस लागेको छ । परिवारको रोजीरोटीदेखी देशको समृद्धिसम्ममा यिनै नेपालीको रगत पसिनाले अहम भूमिका खेलेको छ । देशको अब गाली खाने मात्र होइन ब्यबस्थित भएर सम्मानित हुने र सहज हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । हामी पलायन होइन विस्तार भएका हौँ । जरा नेपाल मै राखेर संसारभर हाँगाबिंगा फ़ैलाईरहेको नेपाली जातिको संघर्ष र सफलताका कथा व्यथा नेप्लिज डायस्पोरामा समेटिनेछ । पाठकका रचनात्मक सुझाबप्रति हामी सदैव सकारात्मक हुनेछौं ।

सतिश चापागाईं
सम्पादक/ प्रकाशक

हाम्रा सहकार्य