शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

जापानमा हामी नेपाली – पुष्पा अर्याल न्यौपाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
३१ असार २०७६, मंगलवार जापानमा हामी नेपाली – पुष्पा अर्याल न्यौपाने
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जापान हामी नेपालीहरुको धेरै पहिलेदेखि नै आकर्षणको देश हो । धेरै नेपालीहरु यहाँ आएका छौं । बिभिन्न भिसामा आएर यतै सेटल हुने र हुन् खोज्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । के छ त हामी यहाँ बसेका नेपालीको वर्तमान अवस्था ? यहि बिषयमा मैले सरसर्ती केहि टिपोट गरेकी छु ।

सिकाई निरन्तर चलिरहने प्रकृया हाे ।वास्तविकता यहि नै हाे मैले विध्यार्थी जिवनमा यहि पढे र वास्तविक भाेगाईमा पनि यहि पाएकि छु ।अाफ्नाे देशमा विध्यार्थी जीवन बाल्यकाल अनि मेरै प्यारो गाउँ पाल्पाको रामपुर गेझामा शिक्षण पेशामा संलग्न हुदा पनि यहि बुझे । जति स्वदेश हुदाकाे सिकाई सिके अनि लागे परदेशतिर तर परदेशकाे सिकाई नितान्त फरक पाइरहेकी छु र भाेगिरहेकी पनि छु याे मेराे व्यक्तिगत धारणा अनि भाेगाई हाे ।

हिजोआज किन किन हामी नेपाली अनि म अाफैमा पनि जापानकाे सिकाइ र भाेगाइ संग असन्तुष्ट छु ।हालकाे सामाजिक संजालमा भेटेकाे अाकडा अनुसार जापानमा हामी नेपालीकाे संङ्ख्या ८५००० भन्दा बेसि पुगेकाे पाए ।लगभग एकलाखकाे हाराहारीमा हरेक शिलशिलामा विश्वकाे संमृद्द देश जापानमा छाै ।हामी मध्य काेही यहिकाे (एजुकेन) जापान स्थायी बसाेबास गर्ने उद्देश्यले छाै काेही केही समय राेजगार गरेर फर्कने उद्देश्यलेले छाै हामी अार्थिक संमृद्दि गरेर भाेली जापानबाट अाफ्नाे देशमा फर्कदाकाे दिन के सिकेर जान्छाै त ? नेपाल फर्केर कुखुरा पालन, गाई पालन गर्ने ? याे काम न गराै भन्न खाेजेकाे हाेइन तर जुन काम जापान न अाउनु भएको दाजुभाइ दिदिबहिनीले पनि त गर्नु भएको छ तर हामी यस्तो अवसर भएको देशमा अाएर केही नया अायाम सिकेर जाअाै भन्न चाहान्छु । अनि जापानमा हुनुभएको अग्रज जापानवासी बुवाअामा दाजुभाइ दिदिबहिनी ।

यो पनि पढ्नुहोस :   प्रधानमन्त्रीको प्रेम दर्शन

र, जापानमा खाेलिएका विभिन्न संघ संस्थाहरुमा अनुराेध गर्न चाहान्छाै हामी जस्तो अनविज्ञ अनि परिवार भिषा भएका ,भर्खर विध्धार्थी भिषा ,कुक भिषामा जाे काेहि नया अाएका छाै अग्रज हरुले अाफ्नाे पाएक पर्ने ठाउमा सबैलाई सहज हुनेगरि सामान्य प्रशिक्षण कार्यक्रमकाे अायाेजना राख्दा कस्ताे हाेला ? जापानमा रहेका विभिन्न संघसंस्थाले नेपालबाट प्रत्येक चाडकलाकार बाेलाएर स्टेजफ तताउने कार्यक्रम राख्छाै भने त्यसकाे एकदिन त्यहि स्टेजमा हुनुभएको मासलाइ दिमाग तताउने प्रशिक्षण दिदा कस्तो हाेला ?

जापानमा रहनुभएकाे संङ्ख्याकाे २५% पारिवारिक भिषामा छौँ । जसलाई जापान अनि जापानिज भाषाकाे बारेमा चाहिने मात्रामा ज्ञान छैन । यतिसम्म कि हिड्ने, डुल्ने ,खाने ,बस्ने सम्मकाे ज्ञान छैन ,सामान्य यहाकाे टाेईलेट प्रयाेग गर्न नजान्ने अवस्थाकाे छाै हामीहरु ट्रेन चढ्ने, मार्केटकाे नियम बाटाेघाटाेकाे नियम हरेक क्षेत्रकाे नियममा अनविज्ञ छाै त्यसैले अग्रजहरु कृपया पायक पर्ने ठाउमा निशुल्क हाेईन सुहाउने सशुल्क सामान्य प्रशिक्षण दिने कार्यक्रमकाे सुरुवात गराै ।जसले सामान्य कुरामा हामी नेपाली पछि हट्नु नपराेस ।पहिलाे पटक जापान अाउनु भएको हरेक भिषाकाे हरेक नेपालीलाई अनिवार्य प्रशिक्षण लिनुपर्ने व्यवस्था गराै । त्यसपछिकाे जापान बसाइँ सहज हुनेछ भन्ने अासा छ ।

अग्रज संघसंस्थाले कलाकार बाेलाउनु हुन्छ त्यहि youtube मा बज्ने गितमा कलाकारले स्टेज तताउनु हुन्छ एकछिन नाचेर ज्यान तताउनु हुन्छ अनि फर्कनु हुन्छ अाखिर के मिल्याे त ? कार्यक्रमबाट कलाकार अनि दर्शकलाई मनाेरअ्जन तर मनाेरअ्जन पनि फरक तरिकाले प्रस्तुत गर्ने वातावरणकाे सिर्जना गराै जस्ले कलाकार पनि फर्कदा यो देशबाट यो सिकेर अाए भनाेस ।

हामी केही अार्थिक रुपमा सबल भएपछि नेपाल फर्कन्छाै अनि के गर्छाै त घडेरी किन्छाै घर बनाउछाै पाल्पा स्याङ्जा भए बुटबट झराैला, झापा सुनसरी भए काठमाडौं झराैला तर अरु प्रगति के हुन्छ हामीबाट, के सीप हुन्छ हामीमा ? यस्ताे प्रश्न के मलाई मात्रै हाेला र ? म जस्तो अनविज्ञ पनि दिदिबहिनी छाै अनि जापानलाई नजिकबाट नियाल्नुभएकाे अग्रज दिदिबहिनी हुनुहुन्छ केहि नया सीप दिन सक्ने जनशक्ति पनि हुनुहुन्छ यहानिर त्यसैले यस्तो वातावरण सिर्जना गराै जसले नेपाल फर्कदाकाे दिन केही गर्न सकाै ।हामी दिदिबहिनी यहाकाे सामान्य काम यामाताे, बेन्ताे, यासाई जाने अाउने र अाफ्नाे कमाइ मान समाउने भन्दा केही भए जस्तो लाग्दैन त्यसैले अग्रजहरुमा याे अनुराेध फर्कने जनशक्ति केही लिएर फर्कन पाउ ।

यो पनि पढ्नुहोस :   के हो साइबर क्राइम र कसरी सुरक्षित हुने ? जोग सन्जोगमा डा. रामहरी सुबेदी (भिडियो अन्तरबार्ता)

यो मेरो सामान्य टिपोट हो । यहि पूर्ण त होइन यसमा थपघट गर्दै जान सकिन्छ । कमेन्टमा बिचारहरु आउने विश्वास गरेकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य