शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

गजल -गौरीकालाई प्रेम प्रस्ताव : दुर्गा क्षेत्री ‘जिउँदो लाश’

३ श्रावण २०७६, शुक्रबार गजल -गौरीकालाई प्रेम प्रस्ताव : दुर्गा क्षेत्री ‘जिउँदो लाश’

गौरीकालाई प्रेम प्रस्ताव मैले पहिला राखेको हुँ
देउरालीकाे चौतारीमा उनीलाई मैले डाकेको हुँ

मेरो प्रस्ताव उनले धेरै अस्वीकार गर्दै थिइन्
तिम्लाई मैले धोखा दिन्न भन्दै देवता भाकेको हुँ

गौरीकालाई वशमा पार्न सदा सदा तयार थिएँ
कसम तिमी दिलकी रानी भन्दै जुठो चाखेको हुँ

यो समाजले हाम्रो बिचमा औंला खडा गरेपछि
उनी त मेरी प्रेयसी हुन् भन्दै इज्जत ढाकेको हुँ

गौरीका र मेरो बिचको मिलन जीवन्त भएपछि
जीवन काट्ने संगिनी हौ भन्दै अधर चाटेको हुँ

सुनवल नगरपालिका – ५, नवलपरासी
(सुस्ता पश्चिम)

(- दुर्गा क्षेत्रीको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

यो पनि पढ्नुहोस :   भै गो दशै लोकाचार पार्दै नजिक नजिक नआउ मसँग -श्रीकृष्ण रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य