बुधबार, ०४ मङि्सर २०७६
Wed, 2019-11-20
Open Nav

स्पेनमा कार दुर्घटनामा ज्यान गुमाएका पुजनका परिवारलाई आर्थिक सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२३ भाद्र २०७६, सोमबार स्पेनमा कार दुर्घटनामा ज्यान गुमाएका पुजनका परिवारलाई आर्थिक सहयोग
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वालिङ, २१ भदौ ।

बैदेशिक रोजगारीका क्रममा स्पेनमा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्पेनमा कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो ।

पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका थिए। सो रकमलाई वालिङका समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गरेका हुन । एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जाली तथा नेपालीहरुले पुजनको सम्झनामा संकलित रकम हस्तान्तरण गरिएको समाजसेवी नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।

पुजनका परिवार अहिले काठमाडौमा बस्दै आइरहेका छन् । श्रीमान र छोरा समेत गुमाएकी पुजनकी आमा एक छोरीका साथमा काठमाडौमा बस्दै आएकी छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर १ का अध्यक्ष केदार काफ्लेले विदेशमा रहेका नेपालीहरुले आफ्नो खर्च कटाएर पीडित परिवारलाई सहयोग गर्नु अन्त्यन्तै स्रहानिय काम भएको वताएका थिए । हिमदूत डटकमबाट

यो पनि पढ्नुहोस :   एनआरएनए स्वीसका महासचिव श्रेष्ठलाई पुत्री शोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य