शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

महिला पत्रकार एनआरएनएको चुनावी दौडमा

८ आश्विन २०७६, बुधबार महिला पत्रकार एनआरएनएको चुनावी दौडमा

काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को महिला संयोजकमा पत्रकार संगीता मरहट्टाले उम्मेदवार दिने भएकी छिन् ।

पत्रकार तथा एनआरएनए अभियन्ता मरहट्टा हाल लण्डनमा आफ्नै व्यवसाय गर्दै आएकी छिन् । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाका पुर्व पत्रकार मरहट्टाले आफ्ना भावी योजना सहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी छन्। संस्थाको विधि, विधान र सिमाभित्र रहेर अग्रजहरुले अघि सार्नुभएका राम्रा कामहरुलाई निरन्तरता दिंदै अघि बढ्ने योजना रहेको बताएकी छन् । छ वटा क्षेत्रबाट छानिने क्षेत्रीय महिला संयोजकहरुसंगको विस्तृत छलफल र सहकार्यबाट योजना पुरा हुनेछन् भन्रदै निम्न प्रतिबद्धता उल्लेख गरेकी छन् ।

१। महिला फोरमहरुको बिस्तार विश्वभरका एनसिसिहरुमा सकारात्मक हिसाबले भैरहेको अवस्थामा पनि अन्तर्राष्ट्रिय महिला संयोजक तथा क्षेत्रीय महिला संयोजकहरुको काम, कर्तव्य र अधिकारको स्पष्ट खाकालाई अझै चुस्त र दुरुस्त बनाउनुपर्ने आवश्यकता मैले देखेकी छु । महिला फोरम गठनका क्रममा पनि कतिपय अवस्थामा द्धिविधा देखिएको छ । मेरो पहिलो प्राथमिकता आइसिसि महिला संयोजक, क्षेत्रीय महिला संयोजकहरुको काम, कर्तव्य र अधिकारलाई स्पष्ट पार्ने कुरामा रहनेछ ।

२। समुद्रमा हजार किसिमका माछाहरु भएजस्तै संसारभर रहेका महिलाहरुको आर्थिक, सामाजिक परिस्थिति एकै किसिमको छैन । अमेरिका, युरोपमा रहेका महिलाहरु र खाडी क्षेत्र तथा अन्य मुलुकमा रहेका महिलाहरुका अनेकन् साझा सवालहरु हुंदाहुंदै पनि खाडी, मलेशिया तथा युरोपकै कैयन देशमा कामका लागि आएका महिलाहरुको अवस्था फरक छ । वैदेशिक रोजगारीमा देश बाहिर जान चाहने महिलाहरुलाई सकेसम्म त हामी देशमैं आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछौं । तर जानैं पर्नै खण्डमा सो देशका बारेमा पुर्ण जानकारी लिएर मात्र जान र सीप सिकेर जान अत्यन्त जरुरी छ । मेरो कार्यकालमा एनआरएनए महिला फोरमले स्वदेशमा रोजगारीका लागि प्रोत्साहन र विदेश जानेहरुका लागि चेतनामुलक कार्यक्रमको शुरुवात गर्नेछ ।

यो पनि पढ्नुहोस :   एनआरएनएको अध्यक्षमा कुल आचार्य: उमेद्वारी घोषणा र प्रतिबद्दता

३।महिलाहरु आर्थिक हिसाबले स्वाबलम्बी नभई खासै कुनैं परिवर्तन हुन असंभव छ । युरोप, अमेरिका तथा सम्पन्न देशहरुमा त ससाना र कम लगानीका व्यवसायहरु घरमै बसेर गरेर पनि महिलाहरु आर्थिक रुपमा स्वाबलम्बी हुने अपार संभावनाहरु छन् । हरेकको हातमा एक बिशेष सीप हुन्छ र युनिभर्सिटिको डिग्री मात्र कुनैं ठुलो कुरा होइन । मैले आफै व्यवसायी भएको नाताले विभिन्न देशमा कसरी महिलाहरु उद्यम, व्यवसायमा संलग्न हुने र आर्थिक रुपमा स्वाबलम्बी हुने भन्ने बिषयलाई सशक्त रुपमा अघि बढाउनेछु । डायस्पोरामा रहेका सफल महिला व्यवसायी तथा अन्य विभिन्न पेशामा संलग्न महिलाहरुलाई एकै ठाउंमा ल्याउने र उहांहरुका अनुभवहरु साटासाट गर्न महिला फोरमले सक्दो पहल गर्नेछ ।

४। एनआरएनए भित्र महिला फोरमको आवश्यकताको टड्कारो महशुस हुनुको कारण संस्थामा महिलाहरुको संख्या नगन्य मात्रामा रहनु थियो । डेढ दशकको समयमा एनआरएनएमा महिला सहभागीताले कांचुली फेरेको सत्य तपाईंहरुका सामु प्रष्ट नैं छ । कैयन् राष्ट्रिय समितिहरुमा अध्यक्ष, महासचिव, उपाध्यक्ष्यजस्तो उच्च पदमा महिलाहरु निर्वाचित भैसकेका छन् । महिला फोरममा काम गरेर सीप, ज्ञान बटुलिसकेका महिलाहरुलाई महिला फोरममै सिमित भैरहन जरुरी छैन । उहांहरुलाई एनआरएनएका मुख्य धारका पदहरुमा संलग्न हुन र अन्य महिलाहरुलाई प्रोत्साहन दिन मेरो नेतृत्वको महिला फोरमले सक्दो कार्यक्रम तथा छलफलहरु अघि बढाउनेछ ।

५। हरेक राष्ट्रिय समन्वय परिषदमा महिलाहरुको सशक्त सहभागीताका लागि आवाज उठाउने र नेतृत्व तहमा समेत महिलाहरुको सहभागीताका लागि विश्वव्यापी रुपमा नैं आवाज उठाउने काम महिला फोरमले गर्नेछ ।
६। नेपालमा मात्र होईन, युरोप, अष्टे्रलियाजस्ता अति विकसित देशहरुमा समेत महिलाहरु घरेलु हिंसाको शिकार भैरहेका छन् । आत्महत्या, डिप्रेशनजस्ता घटनाहरु बढेका छन् । यी कुराहरुलाई कम गर्न सम्बन्धित देशमा महिलाहरु त्यहांको समाजसंग घुलमील हुनु, भाषा सिक्नु अति जरुरी छ । हाल कयौं विकसित मुलुकहरुमा निशुल्क सिप तालीम, भाषा कक्षा र निशुल्क कानुनी परामर्श दिने गरिन्छ । तर कयौं हाम्रा दिदी बहिनीहरु थाहा नभएर वा डरले त्यहांसम्म पुग्न हिच्किचाउनुहुन्छ । प्रत्येक देशका महिला फोरमहरुले दिदी बहिनीहरुलाई त्यहांसम्म पहुंच पुर्याउन पुलको काम गर्नेछन् । हरेक एनसिसिका महिला फोरमहरुमा घरेलु हिंसाको लागि कमिटि बनाउन महिला फोरमले जोडदार माग गर्नेछ ।

यो पनि पढ्नुहोस :   एनसीसी कोरियाकी अध्यक्ष कोरियन प्रहरीको नियन्त्रणमा

७। गैर आवासीय नेपाली संघका मुख्य उद्देश्यहरु र नेपाल तथा डायस्पोराका सन्चारकर्मीहरुबीच सौहार्दपुर्ण सम्बन्ध नभएसम्म हामीले हाम्रा योजनाहरु अघि बढाउन सहज छैन । म आफैं लामो समय पत्रकारितामा संलग्न भएको नाताले पत्रकार साथीहरु र अझ महिला पत्रकार साथीहरु, अभियन्ताहरु, महिला सरोकारका सवालमा कार्य गर्नै सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गरेर महिला फोरमले आफ्ना अभियानको प्रचार प्रसार र विदेश तथा नेपालमा रहेका महिलाहरुको लागि बिशेष कार्यक्रमहरु ल्याउन पहल गर्नेछ ।
८। डायस्पोरामा रहेका कैयन नेपाली डाक्टर, इन्जिनियर, वकिल, नर्श , व्यवसायी, पत्रकार मध्ये महिलाहरुको संख्या पनि कम छैन । गैर आवासीय नेपाली संघले नेपालमा विज्ञ सम्मेलन गरेर विश्वभरका विज्ञहरुलाई आफ्नो सीप र अनुभव बाड्न आव्हान गर्ने परम्पराको शुरुवात गरिसकेको छ । महिला फोरमले विश्वभर छरिएर रहेका महिला विज्ञहरुलाई पनि आफ्ना सीप र अनुभव साटासाट गर्न अनुरोध गर्दै त्यसको लागि पहल गर्नेछ ।

९। अन्तर्राष्ट्रिय महिला फोरमले हाल नेपालका दुर्गम क्षेत्र लगायत विभिन्न ठाउंहरुमा नियमित रुपमा सन्चालन गर्दै आईरहेको महिलाहरुको पाठेघर खस्ने समस्या लगायतका महिला स्वास्थ्य क्षेत्रमा भैरहेका कार्यहरुलाई महिला फोरमले अझ प्रभावकारी रुपमा अघि बढाउनेछ । त्यसैगरी नेपाल सरकारसंग वैदेशिक रोजगारीमा जान लागेका वा फर्किएका महिलाहरुसंगको अवस्थाबारे घनिभुत छलफल र सीपमुलक तालिमजस्ता अग्रजहरुले शुरुवात गरेका कार्यहरुलाई महिला फोरमले भावी दिनहरुमा निरन्तरता दिनेछ । त्यसैगरी महिलाहरुसंग प्रत्यक्ष्य सरोकार भएका श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्दन बोर्ड, महिला तथा बालबालिका मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसंग विगतमा पनि महिला फोरमले सहकार्य गर्दै आईरहेकोमा त्यसलाई अझ राम्रो ढंगले अघि बढाउंदै सहकार्य गर्ने र महिलाहरुका सवालहरुमा आवाज उठाउने कार्य एनआरएनए महिला फोरमले गर्नेछ ।

सम्वन्धित खबर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य