बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

आजदेखि हेटौंडामा कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
२६ कार्तिक २०७६, मंगलवार आजदेखि हेटौंडामा कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण
Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आजदेखि हेटौंडामा हुन लागेको छ । प्रदेश ३ अन्तर्गत ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला आज र भोली प्रदेश तीनको अस्थायी राजधानी हेटौंडामा हुन लागेको हो ।

भेलाको उद्घाटन पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस मकवानपुर सभापति तथा प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

बानियाँका अनुसार नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भेला तथा प्रशिक्षण हेटौंडामा हुन लागेको हो । यसअघि सात जिल्लाका भेला भक्तपुरमा सम्पन्न भइसकेको छ ।

भेलाको उद्घाटनमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइरालालगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

भेला तथा प्रशिक्षणका लागि महाधिवेशन प्रतिनिधिहरु हेटौंडा आउने क्रम सुरु भइसकेको जिल्ला सभापति बानियाले बताउनु भयो । प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका दुईसय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरुकोसहभागिता रहने जनाइएको छ ।

सहभागीलाई प्रतिष्ठानका प्रमुख निधी, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा.जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गर्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस :   जिउदै पैसामा नाम लेखिने पहिलो व्यक्ति सत्यमोहन जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य