Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

अष्ट्रेलियामा बुटवलका गौतम दम्पतीबीच कुटाकुट, श्रीमानको मृत्यु

अष्ट्रेलियामा बुटवलका गौतम दम्पतीबीच कुटाकुट, श्रीमानको मृत्यु

नेप्लिज डायस्पोरा

८, मंसिर २०७६
images
  अष्ट्रेलिया, अस्ट्रेलियामा पारिवारिक झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो। मृत्यु हुने नेपाली मुलका रहेको र श्रीमतीले धारिलो हतियार प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को मृत्यु भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे। शनिवार राति उनीहरुबिच झगडा भएको थियो। झगडामा उनीहरुबिच धारिलो हतियार प्रयोग भएको अनुमान छ। टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए। तर उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ। घाइते युवतीको अवस्था सामान्य छ। उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ। एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ। आफ्नै श्रीमती नुमाले प्रहार गरेको धारिलो हतियारबाट घाइते भएका सन्तोषको स्थानीय वेस्टमेड अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सन्तोष र नुमाबीच शनिबार राति सिड्नीको ग्रान्भिलमा कुटाकुट भएको उहाँले बताउनुभयो। सिड्नीको पश्चिमी क्षेत्र ग्रान्भिलमा भएको सो घटना लगत्तै नुमालाई पनि उपचारका लागि अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको अस्टे«लियाली प्रहरीले जनाएको छ। अस्पतालबाट डिस्चार्ज भएकी नुमालाई हत्या आरोपमा प्रहरी नियन्त्रणमा लिइएको सिड्नीको नाइन न्युजले जनाएको छ। घटनाभन्दा केही घन्टाअघि गौतम आफ्नी श्रीमती र आठ वर्षीया छोरीसहित उनले काम गर्ने टायर पसलबाट घर पर्किएका सो अनलाइन पोर्टलले उल्लेख गरेको छ। सोही अनलाइनका अनुसार भिसा प्रक्रिया थपिने/नथपिने तनावले केही महिनायता एउटै उमेर (३४ वर्ष) का गौतम दम्पत्ति तनावमा रहँदै आएका थिए। घटनापश्चात एक्ली बनेकी छोरीलाई नेपाली समुदायले हेरचाह गर्ने भएका छन्।

images
images
प्रकाशित मिति :मंसिर ८, २०७६ आइतवार - २२:१५:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend