बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

प्यारो भूमि कालापानी (कविता) – सुशिल बश्याल

  • 202
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    202
    Shares
१७ मंसिर २०७६, मंगलवार प्यारो भूमि कालापानी (कविता) – सुशिल बश्याल
Spread the love
  • 202
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    202
    Shares

 

दु:ख लाग्छ आफ्नै भूमिमा अरूको झण्डा फहराउँदा
दिनानुदिन सीमानाका जङ्गे पिलर हराउँदा,
पदमा बस्नेहरू सधैजसो चुपचाप हुँदा
नेपाल आमाले आँसु पुछ्दै कराउँदा

गौरव गरूँ कसरी स्वाभिमानमा चोट लाग्दा ,
बिस्तारवादी छिमेकीले अखडा थाप्दा ,
बिश्वमा नै प्रशिद्ध नेपाल प्रकृतिको धनी
फकाईकन छकाएर हेपिरहेको कति सहनी ?

चुप लागेर बस्नु हुन्न हामीले केही गर्नुछ
अशिक्षा र अज्ञानतालाई पर लग्नुछ
कसरी लान्छन् हडपेर हामीहरूको माटो
अब हामी नि जाग्नुपर्छ फेर्नलाई साटो ।

नारा जुलुस घन्काएर उत्रिसके जनता
हाम्रो भूमी हडपेर कसरी बन्छन् महानता
हाम्रा वीर पुर्खाहरूले जलाएको दियो
कुनियती छिमेकीले गर्छ किन हामीहरूको चियो ।

– बगनासकाली गा. पा. -८ बराङ्दी ।
(सुशिल बश्यालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   तीज गीत माईतीको आँगनी बजारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य