बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

जिन्दगीका आयाम (कविता) – उत्तम विचार

  • 143
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    143
    Shares
१७ मंसिर २०७६, मंगलवार जिन्दगीका आयाम (कविता) – उत्तम विचार
Spread the love
  • 143
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    143
    Shares

 

इन्द्रेणी रंगहरू संगालेर
रंगीन बनिदिने पनि जिन्दगी
सुख छोडी दु:ख-कष्ट अंगालेर
रंगहिन बनिदिने पनि जिन्दगी !
पछि-पछि लाग्नेहरू
लतारिए जसोतसो
अघि अघि भाग्नेहरू
हतारिए सधैं जसो !

जिन्दगी रुकेन कहिल्यै
मानौं ऊ बिहानीको सुनौलो घाम हो
जस्लाई पुग्नुछ ती हरेक बस्तिहरूमा
मान्छेका सुख-दु:ख अनि सास्तिहरूमा
दिनभरीको थकान नभनेर
पुग्नुछ उस्लाई पश्चिमी आकाशमा
जो गोधुली साँझमा सुनौलो रंग छर्दै
डाँडामाथी पुगेर अस्ताउने हतारमा भेटियोस् !

जिन्दगी कोही कसैसँग
झुकेन कहिल्यै
मानौं ऊ उच्च सगरमाथा हो
जो आफ्नो सानमा बाँचेकोछ
रारा हो जिन्दगी
जो निस्कलङ्क प्रकृतिको
सुरम्य काखमा खेलिरहेछ
पानी हो जिन्दगी
जो आफैभित्र प्यास बोकेर
गन्तव्य भेटाउने रहरमा
खोल्सा अनि नदी बनेर निरन्तर बगिरहेछ !
या भनौं हावा हो जिन्दगी
जो प्राण वायु बनेर
श्वास नलीको बाटो हुँदै
कैले शरीरभित्र अनि कैले बाहिर गरिरहेछ ।

चट्टान बनेर सयौं चोट खपेकैछ उस्ले
बगर बनेर उजाडिएकै हो जिन्दगी
नदीले छोएर बगिरह्यो मात्र
आफू भने किनारमै सिमित रह्यो जिन्दगी !
कैले बादल बनेर मडारियो
अनि कैले आँधी हुरीसँगै बडारियो
जिन्दगी कुमालेको चक्र झैं
घुम्यो अनि घुमी नैं रह्यो निरन्तर ।

साइँलाका बर्बर कहानीहरूमा
भेटिने पनि जिन्दगी
साइँलीका उर्बर जवानीहरूमा
समेटिने पनि जिन्दगी
कैले छचल्कियो आधी गाग्रोमैं खुशी बनेर
अनि कैले पोखियो भरीभराउ झुशी बनेर !
जिन्दगी सर्वत्र एकनास कहाँ छ र ?
भन्नैपर्दा सोचेजस्तो मधुमास कहाँ छ र ?
चाहे पतझड होस् चाहे हरियाली वसन्त
हाँसी-हाँसी बाँचौं जिन्दगी बन्छ जीवन्त !
अस्तु !

– लिखु-६; नुवाकोट ।

(उत्तम विचारको यो कविता कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   ह्विल चियरमा बसेर पनि...गजल-अनुराग चन्द्र रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य