Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

‘इनास’ अल ऐन क्षेत्रीय समितिको दोश्रो अधिवेशन यूएईमा सम्पन्न

‘इनास’ अल ऐन क्षेत्रीय समितिको दोश्रो अधिवेशन यूएईमा सम्पन्न

सतीश चापागाईं

१०, भाद्र २०७५
images
लक्ष्मण खनाल युएई नेपाली कला, सँस्कृति, भाषा, साहित्य र गीतसंगितको उत्थानका लागि युएईमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा कार्यरत नेपालीहरूको साझा संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), अल ऐन क्षेत्रीय समितिको दोश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनमा इनास यूएईकी अध्यक्ष रेखा घिमिरेको प्रमूख अतिथ्यता सहित एनआरएन अल ऐन समितिका अध्यक्ष गोपाल पौडेल, मगर संघ अल ऐनका अध्यक्ष यमन घर्ति मगर , मितेरी समाज यूएईका अध्यक्ष प्रदिप पून मगर , झापाली समाज अल ऐनका अध्यक्ष दिपक अधिकारी तथा निवर्तमान अध्यक्ष दुर्गा सुनुवार, एमडी बोहोरा आदिको उपस्थिती रहेको थियो । वैदेशिक रोजगारमा आएर जोखिमपूर्ण काम गर्दै नेपाली भाषा, साहित्य र कलाकारितामा अग्रसर हुने नेपालीहरूको उत्साह र जाँगरलाई जति नै प्रशंसा गरेपनि कम हुने इनास यूएईका अध्यक्ष रेखा घिमिरेले बताएकी छिन् । कार्यक्रमका विशेष अतिथिको रुपमा उपस्थित भएका गोपाल पौडेलले नेपाली भाषा, संस्कृति र कलाको क्षेत्रमा इनासले विश्वव्यापी रूपमा पाएको ख्यातीको प्रशंसा गरेका छन् । पुरानो कार्यसमितिले गरेको कामको उच्च मुल्याङ्कन गर्दै नयाँ कार्यसमितिलाई त्यो भन्दा राम्रो गर्न हौसला प्रदान गरेका छन् । २१ सदस्यीयमा समितीमा अध्यक्षको रुपमा निर्वाचित भएकाबिक्रम परियारले समितीलाई अझ शसक्त रूपमा समाजको मूल मर्म र भावना अनुसार अघि बढाउने प्रतिबद्दता ब्यक्त गरेका छन् । नयाँ पत्रिका डटकमबाट

images
images
प्रकाशित मिति :भाद्र १०, २०७५ आइतवार - ११:२२:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend