बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

अमेरिकामा उद्यौली कार्यक्रम सम्पन्न

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares
१८ मंसिर २०७६, बुधबार अमेरिकामा उद्यौली कार्यक्रम सम्पन्न
Spread the love
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

१५ मंसिर, अमेरिका । (UKROA) United किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको (DMVP) डिएमभीपी च्याप्टरले उधौली कार्यक्रम सम्पन्न गरेको छ ।

च्याप्टरका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको उक्त उधौली कार्यक्रमा अध्यक्ष राईले कार्यक्रम गर्नुको मुल उद्धेश्य, आउने भावि पुस्तालाई आफ्नो समुदायको संस्कार र संस्कृति विषयमा बुझाउनु रहेको बताउँदै अमेरिकामा रहेका सम्पूर्ण राईहरु एक भएर आफ्नो संस्कार र संस्कृति जोगाउन तथा भैपरी आउने समस्यामा एकआपसमा सहयोगको वातावरण तयार गर्नु रहेको बताएका थिए ।

एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष, अर्गनाइजेशनका पूर्व केन्द्रीय सभापति तथा हालका सल्लाहकार तथा जनजाति महासंघ अमेरिकाका सल्लाहकार मिलन राईले उधौली र उभौलीका विषयमा बताएका थिए । उनले व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित भइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए । राईले आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताएका थिए ।

केशर राईको स्वागत मन्तव्य, महासचिव हर्क राईको कार्यक्रम संचालन रहेको उक्त कार्यक्रममा संस्थाको आर्थिक विवरण बारे सरिता राईले जानकारी दिएकी थिइन् ।

उक्त अवसरमा (DMVP)डिएमभिपी च्याप्टरमा आवद्ध नयाँ सदस्यहरुलाई अध्यक्ष प्रकाश राईले खादा लगाएर स्वागत गरेका थिए भने न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

राईले अमेरिकामा रहेका राईहरु एकजुट भएर आफ्नो संस्कृति संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

 

 

यो पनि पढ्नुहोस :   प्रवासी मंच न्युयोर्कद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख रुपैया सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य