बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

गीत – वेद कुमारी न्यौपाने

  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares
१९ मंसिर २०७६, बिहीबार गीत – वेद कुमारी न्यौपाने
Spread the love
  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares

 

टेकेकाे धर्ती छाेड्दैमा उड्ने अाकाश के भेटिन्थ्याे
नभाेगी दु:ख निधारकाे रेखा त्यसै के मेटिन्थ्याे

लच्केकै थियाे समाउने हाँगाे टेकेकै भाँचियाे
मेरो चाहिं भाग्य लेख्ने बेलामा त्याे भावी काँ´थियाे ?

खाेजेकाे सुख मागेकाे खुशी सधैंलाई के हुन्थ्यो
नभाेगी दु:ख निधारकाे रेखा त्यसै के मेटिन्थ्याे

भत्केकै थियाे साँघु त पहिल्यै जंघारै भासियाे
बाढीले डुङ्गा बगाइ लाँदा त्याे माझी काँ´थियाे ?

सपना मीठो देख्दैमा उस्तै विपना के हुन्थ्याे
नभाेगी दु:ख निधारकाे रेखा त्यसै के मेटिन्थ्याे ।

– बालकाेट, भक्तपुर ।

 

(वेद कुमारी न्यौपानेको यो गीत साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   जिन्दगीका आयाम (कविता) - उत्तम विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य