बुधबार, २५ मङि्सर २०७६
Wed, 2019-12-11
Open Nav

जापान जाने श्रमिक छनोट सिप परिक्षामा सबै फेल

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
१९ मंसिर २०७६, बिहीबार जापान जाने श्रमिक छनोट सिप परिक्षामा सबै फेल
Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

 

काठमाडौँ। वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।

पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एक जना पास भएका छन् ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए ।

जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परिक्षामा सबै असफल भएका थिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि पढ्नुहोस :   मुन्द्रेको कमेडी क्लब १ (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य