बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

अमेरिकाको सहयोगमा उदासिन भएको भन्दै नेपाल सरकारको बिरोध

१० पुष २०७६, बिहीबार अमेरिकाको सहयोगमा उदासिन भएको भन्दै नेपाल सरकारको बिरोध

 

अमेरिकामा रहेका स्वतन्त्र बौद्धिक नेपालीहरुको संस्था ‘युएस नेपाल पोलिसी रिसर्च सेन्टर’ ले अमेरिकाले दिएको बिकास अनुदानमा नेपाल सरकार अनुदार बनेको आरोप लगाउदै यसरी वेप्रबाह नबन्न ध्यानाकर्षण गराएको छ ।

सेन्टरले हालै सार्बजनिक गरेको ध्यानाकर्षण पत्रमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको बिकासमा पठाउने अहिलेसम्म कै ठुलो बजेटलाई सरकारले वेवास्ता गरेको गम्भीर आरोप लगाएको छ । एमसीसी कम्प्याक्ट परियोजना अन्तर्गत नेपालको गरिबी निवारणका लागी बिद्युत र सडकको बिस्तार र स्तरोन्नति गर्ने भनेर बिभिन्न परियोजना गर्न सम्झौता भएपनि सरकारले काम अघि बढाएको छैन । यहि सन्दर्भमा सेन्टरले यसप्रकारको ध्यानाकर्षण गराएको हो ।

यी परियोजनाहरु कार्यान्वयन गर्दा अरु एनजियो र आईएनजियोबाट जस्तै कमिशन नपाउने भएकोले सरकार र कर्मचारी सबैको मिलेमतोमा यो सहयोग तुहाउन लागिएको आरोप सार्बजनिक रुपमा सरकारलाई लाग्न शुरु भईसकेको छ ।

हेरौं सेन्टरले जारी गरेको ध्यानाकर्षण पत्र

 

यो पनि पढ्नुहोस :   एनआरएनएको महासचिव पदमा डाक्टर केशव पौडेलको औपचारिक घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य