बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

सुनील साहको उपस्थितीमा एनआरएनए अमेरिका आयोवा च्याप्टरमा सपथ ग्रहण

१३ पुष २०७६, आईतवार सुनील साहको उपस्थितीमा एनआरएनए अमेरिका आयोवा च्याप्टरमा सपथ ग्रहण

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनअरएनए) अमेरिकाका अध्यक्ष सुनिल शाहको उपस्थितीमा आज एनआरएनए , अमेरिका आयोवा च्याप्टरको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनअरएनए) अमेरिका अयोवा च्याप्टरका नव निर्वाचित पदाधिकारीहरुको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहको उपस्थितीमा आज अयोवा च्याप्टरका नव निर्वाचित तथा मनोनित पदाधिकारीलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको हो ।

गत मे महिनामा सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनबाट बिजयी तथा मनोनित अयोवा च्याप्टरका पदाधिकारीहरु अध्यक्ष तारा डि मरहठ्ठा, उपाध्यक्ष दिपक पौडेल, सचिव ज्योती बराल, कोषाध्यक्ष ऋचा शर्मा कणेंल, महिला संयोजक सरिता पण्डित, युवा संयोजक आर्यन गौतम, सदस्यहरु राजेन्द्र सेढाईं, शम्भु पौडेल र जमुना कुमारीलाई नयाँ कार्यसमिती २०१९ ०२१ का लागि पद हस्तान्तरण गरिएको छ ।

एनआरएनए अध्यक्ष सुनिल शाह, मध्यपश्चिम उपाध्यक्ष बुद्धि सुवेदी , क्षेत्रीय संयोजक गोबिन्द श्रेष्ठ, बोर्ड अफ डारेक्टर बासुदेव अधिकारी, केन्द्रिय सल्लाहाकार लाल प्रसाद काफ्ले, बिसाल राना, अनुप खनाल, समाजसेवी देब प्र बास्तोला, राधेश पण्डित, किरण पण्डित, रमेश केसी, पुर्व च्याप्टर अध्यक्ष महेन्द्र बस्नेत, लगायतका अन्य पदाधिकारी, सदस्य , सल्लाहकार, एवं ICC सदस्यहरुको विशेष आथित्यमा भएको उक्त सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा त्यस क्षेत्रका एनआरएनए सदस्य, आयोवा राज्यका स्थानिय संघ संस्था र पदाधिकारीको समेत उपस्थित रहेको रहेको एनआरएनए , अमेरिकाका प्रबक्ता ओम भट्टराईले जानकारी दिनु भएको हो ।

 

यो पनि पढ्नुहोस :   काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य