बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

दक्षिण कोरियामा नेपाली टोपी दिवस, भ्रमण बर्षको प्रचार प्रसार

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares
१६ पुष २०७६, बुधबार दक्षिण कोरियामा नेपाली टोपी दिवस, भ्रमण बर्षको प्रचार प्रसार
Spread the love
  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

अर्जुन बराल 

पुस १६, सोल 

दक्षिण कोरियामा रहेका नेपालीहरुले नयाँ बर्ष २०२० को पहिलो दिन नेपाली टोपी दिवस मनाएका छन् । उनीहरुले नेपाल भ्रमण बर्षको पनि प्रचारप्रसार गरेका थिए ।

“राष्ट्रका नाममा दुईघण्टा, हातमा नेपाली झण्डा र सिरमा टोपी लगाएर पदयात्रा” भन्ने मुल नारालाई आत्मसाथ गदै टोपी दिवस सहित पर्यटन बर्ष २०२० लाई पनि प्रबद्धन गर्ने उद्देश्यले सोल मेट्रोपोलिट्न पुलिस स्टेसनबाट अनुमति लिई दक्षिण कोरियाको ब्यस्त स्थान सोल स्टेसनदेखि सोलटावरसम्म नेपाली झण्डा सहित नेपालको बिभिन्न क्षेत्रको दृश्य अंकित कार्ड बोकि पदयात्रा गरि कार्यक्रम सम्पन्न भएको थियो | साथै, नेपाल पर्यटन बर्ष २०२० को नारा “नेपाल लाईफटाईम एक्सपिरिएन्सेस” लाई कार्यक्रमबाट प्रबद्धन गरिएको देख्न सकिन्थ्यो ।

पश्चिमा संस्कृतिको प्रभाब बृद्धिसँगै नेपाली संस्कृतिको बचाउका लागि भन्दै खासगरि नेपाली दुई युवा डा.लेखनाथ काफले, शंकर बण्जाडेले सार्बजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तराष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा सँगै २०७० सालदेखि अंग्रेजी नयाँ बर्ष अर्थात सन् २०१४ जनवरी १ का दिन “टोपी दिवस”मनाउँन थालीएको हो |

पश्चिमा पर्बमा रमाउँनु भन्दा नेपाली शैलीमा रमाउँ भन्ने उद्देश्यले राष्ट्रिय पर्बका रुपबाट मनाउँन थालिएसँगै बिबिध कारणले घरदेखी टाढिएर प्रदेशमा रहेका नेपालीले बिशेष महत्व दिएर प्रत्येक बर्ष बिबिध कार्यक्रमका साथ मनाएको पाईन्छ ।

एमआरआर कोरिया सहित नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एंवम अन्तराष्ट्रिय टोपी प्रतिष्ठान कोरियाका संयोजक केपि सिटौला, गैर आवासिय नेपाली संघ, राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियान, सोसाईटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरिया(सोन्सिक) लगाएत कोरियामा रहेर बिभिन्न पेशामा संलग्न रहेका नेपालीहरु सहित कोरियाका केही मिडियाको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

स्मरण रहोस, राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियानले महाबिर पुनको राष्ट्रिय आबिष्कार केन्द्रका लागि कोरियामा रहेका नेपाली माझ आर्थिक संकलन अभियान संचालन गरिरहेको छ ।

यो पनि पढ्नुहोस :   नेपाल-चीन ‘हाइ-प्रोफाइल’ भ्रमणको इतिहास

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य