बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

नुनिलो चिनी (व्यङ्ग्य कविता) -अर्जुन राज पन्त

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares
२० पुष २०७६, आईतवार नुनिलो चिनी (व्यङ्ग्य कविता)  -अर्जुन राज पन्त
Spread the love
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

उँखु पेली मेशिनमा चिनी बन्थ्याे पहिले
किसान समेत पेलिकन बन्दाे रैछ अहिले !

त्यस्ताे खालकाे चिनी अाज छ त बजारभरि
व्यापारीले बेचेका छन् नाफा गरि -गरि

ऋण गरेर उँखु ला ‘छ न त केही पा’ छ
त्यही उँखुकाे पैसाे माग्न अर्काे ऋण नि ला ‘छ ।

मिलमै ल्याउँछ्न् बेच्न बरा खेतमा जान्न किन्न
चिनी बेच्छ मिलवालाले उँखुकाे माेल दिन्न !

सरकारले भन्छ अझ हाे नगदे बाली
मिलवालालाई हाेला सायद किसान मर्छन् खाली !

कस्ताे हुँदाेे हाे देख्दा तिन्लाई अाज त्यही चिनी
उधाराे नि दिन्नन तिन्लाई के ले खानु किनी ?

श्राप दिए कि किसानले नपाउँदामा भाेग
त्यही भएर लाग्छ कि खै खाँदा सुगर राेग ?

गाउँ , प्रदेश , केन्द्र अरे सरकार जताततै
न्याय खाेज्दै रुँदै हिंडे पाएनन् नि कतै !

मधेशका लागि भन्ने च्याउ सरि नेता
कुर्सी पाए पुगीहाल्छ जान्न नजर त्यता ।

न छ त्यहा जीवनकाे न उँखुकाे मूल्य
जिँउदा शरिर पनि जले बनी दाउरा तुल्य ।

सर्वहारा शासन सत्ता कृषि प्रधान देशमा
मरेका छन् किसान कठै यति साना केसमा ।

सरकारमा बसीखा ‘ छाै त्याे उँखुकाे चिनी
गुलियाे कि नुनिलाे छ जिब्रै टट्याइ दिनी ?

न्याय माग्न राजधानीमा अाउँदा कठै अाज
नातागतले ढल्दा त्यहीँ सडककाे माझ

दिँदाखेरि पिउन उसलाई अाज चिनी पानी
हेर्याे मात्रै इन्कार गर्याे अाफ्नै अाँशु ठानी ।

 

– मुलपानी बागलुङ्ग नेपाल हाल : टेक्सास, अमेरिका ।

(कवि पन्त पहिलो व्यङ्ग्य काव्य “काेइली”का लेखक हुन् । उनको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   गीतकार लिलु गुरुङद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य