बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

लोकदोहोरीबाट पर्यटन प्रवद्धनमा जुटे कलाकार

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
२१ पुष २०७६, सोमबार
Spread the love
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस  ।

काठमाण्डौं | नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो स्थान बनाएकी गायिका संगिता थापा मगर मुस्तांगको भौगोलीक सुन्दरताको प्रशंसा गर्दै गित गाएकी छन् । चर्चित सर्जक रमेश बिजीको शब्द, बिबी अनुरागीको संगितमा गायक रामजी खांडले साथ दिएको गित गाउन संगिता अमेरिकाबाट मुस्तांग पुगेकी हुन् ।

लोमन्थांगमै बसम् नामक गितमा मुस्तांगको बिभिन्न सुन्दर तथा पर्यटक क्षेत्रलाई राम्रोसंग देखाइएको छ । धौलागिरी, निलगीरीदेखी कागबेनी क्षेत्रका सुन्दर दृश्य देख्न सकिने गित लाफा म्युजिकले बजारमा ल्याएको हो । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक खांड र गायिका थापाले नै अभिनय गरेका छन् ।

भ्रमण बर्ष २०२० लाई सहयोग गर्ने उद्धेश्यले आफुहरुले नेपालकै सुन्दर पर्यटक स्थल मुस्तागंलाई रोजेर गित निमार्ण गरेको गायिका थापाले बताईन् । थापाका अनुसार धेरै नेपालीहरुलाई नै मुस्तांगको सुन्दरताको बारेमा थप जानकारी होस् र आन्तरिक पर्यटक समेत बढुन् भनेर गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टले निर्माण गरेका हुन् ।

आफुहरुलाई गण्डकी प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुगं लगायतका बिशिष्ट ब्यक्तीहरुले यस गित निर्माणका क्रममा धेरै सहयोग गरेको भन्दै गायिका थापाले सबैमा धन्यबाद दिएकी छन् । लोक दोहोरीको स्टेजमा राम्रो गायिका मानिने थापा बिगत केहि बर्षदेखी अमेरिकामा बस्दै आएकी छन् ।

बिज्ञापन : रामकृष्ण ढकालको पछिल्लो चर्चित गीत हेर्नुहोस |

यो पनि पढ्नुहोस :   मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठसंग नेप्लिज डायस्पोराको कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य