बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

एनआरएनए अमेरिकाको संरक्षकमा सामाजिक व्यक्तित्व प्रोफेसर रुद्र अर्याल मनोनित

  • 894
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    894
    Shares
२१ पुष २०७६, सोमबार एनआरएनए अमेरिकाको संरक्षकमा सामाजिक व्यक्तित्व प्रोफेसर रुद्र अर्याल मनोनित
Spread the love
  • 894
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    894
    Shares

एनआरएनए अमेरिकाको संरक्षकमा सामाजिक व्यक्तित्व प्रोफेसर रुद्र अर्याल मनोनित भएका छन् । एनआरएनए अमेरिकाको आईतबार सम्पन्न बैठकले रिक्त रहेका सात जना सल्लाहकार र पांच जना संरक्षक मनोनित गर्दैगर्दा प्रोफेसर अर्याल पनि संरक्षकमा मनोनित भएका हुन् ।

प्रोफेसर लामो समयदेखि अमेरिकामा सक्रिय समाजसेवी हुन् । नेपालमा पाल्पा जिल्लाको रामपुर स्थायी घर भएका अर्याल लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । अर्यालले न्यु ह्याम्सायर राज्यको प्रतिष्ठित फ्र्यांकलिन पियर्स युनिभर्सिटीमा प्राध्यापन गर्दछन । यो युनिभर्सिटी अमेरिकाका भुतपुर्ब राष्ट्रपति फ्र्यांकलिन पियर्सको नाममा स्थापित युनिभर्सिटी हो ।

उनी यो युनिभर्सिटीमा फिजीक्स संकायमा नेतृत्वदायी भूमिका निभाईरहेका छन् । यहि युनिभर्सिटी मार्फत नेपालमा पनि रिसर्चका काम गर्ने गर्दछन । त्यसबाहेक एनआरएनएका बिभिन्न टास्क फोर्समा बसेर बौद्धिक सल्लाह दिदै आएका छन् ।

सामाजिक काम र सहयोगको लागी जहिले पनी अग्रपङ्तिमा रहने रुद्र अर्यालले अमेरिकामा मात्र नभएर नेपालमा पनी बिभिन्न क्षेत्रमा सामाजिक तथा आर्थिक सहयोग प्रदान गर्दै आएका छन । नेपालमा बिद्यालय, मन्दिर, लाइब्रेरी र साइन्स ल्याबका लागि सहयोग गर्दै आएका अर्याल सहयोगी व्यक्तिका रुपमा चिनिन्छन ।

उनले एनआरएन अमेरिकामा दुई पटक सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी निभाईसकेका छन् । अर्याल एनआरएन अमेरिकाको बिगतदेखि अहिलेसम्मका हरेक गतिबिधिलाई नजिकबाट बुझेका ब्यक्ति हुन् । अर्यालसंगै संरक्षक समितिमा डाक्टर केशब पौडेल, खगेन्द्र जिसी, नबिन शेरचन, र श्री पराजुली मनोनित भएका छन् ।

साथै, बैठकले सात जना सल्लाहकार पनि मनोनित गरेको छ । जसमा संजय थापा, राधा पौडेल, विद्यासागर योञ्जन, शिव मल्ल, बादल भुजेल, डा चिरिन्जीबी भट्टराई र मनोज घिमिरे छन् ।

नेप्लिज डायस्पोराका शुभचिन्तक प्रोफेसर अर्याल र मनोनित सबैमा बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

यो पनि पढ्नुहोस :   युवा ब्यबसायी सबिता अधिकारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

बिज्ञापन

रामकृष्ण ढकालको पछिल्लो चर्चित गीत हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य