बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

अमेरिकाको न्यूयोर्कमा गाडीको ठक्करबाट नेपाली बच्चाको मृत्यु, आमा गम्भीर

  • 124
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    124
    Shares
२३ पुष २०७६, बुधबार अमेरिकाको न्यूयोर्कमा गाडीको ठक्करबाट नेपाली बच्चाको मृत्यु, आमा गम्भीर
Spread the love
  • 124
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    124
    Shares

श्रीजल पन्थी

अमेरिकाको न्यूयोर्कमा एउटा कहालीलाग्दो दुर्घटनामा परी गुल्मीबाट अमेरिका आइ बसोबास गर्दै गरेका एक नेपाली बालकको ज्यान गएको छ । पुरुसोत्तम पन्थी तथा मीना पौड्याल पन्थीका छोरा दश बर्सिय श्रीजल पन्थीको गाडीले ठक्कर दिँदा निधन भएको हो ।

छोरा श्रीजल पन्थीलाई स्कूल पुर्याउने क्रममा बाटो काट्दा फोहोर बोक्ने ट्रकले ठक्कर दिए पछी श्रीजलको ज्यान गयो भने आमा मीना पौड्याल पन्थी गम्भिर रुपमा घाइते भएकी छिन । उनको अस्पतालमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आमाको अवस्था स्थिर छ । स्वर्गीय श्रीजल प्रति हार्दिक श्रध्दान्जली, गम्भीर घाइते मीनाको शिघ्र स्वास्थ्यलाभको कामना ।

न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालक श्रीजल पन्थीको मृत्युपछि न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । मंगलबार विहान स्कुल जाँदै गर्दा बालक श्रीजल र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो ।

ठक्करपछि घाइते आमाछोरालाई एल्मस्र्ट अस्पतालमा उपचारका लागि लगिएकोमा १० बर्षका छोराको उपचारका क्रममा निधन भएको छ । ५७ एभिन्यु र ९७ स्ट्रीटको बीचमा विहान ७ बजे दुर्घटना भएको हो ।

न्युयोर्कका सामाजिक व्यक्तित्व पुरुषोत्तम पन्थीका पुत्र श्रीजलको निधन भएकोमा न्युयोर्कमा रहेका नेपालीहरुले सामाजिक सञ्जालमार्फत र प्रत्यक्ष भेटेर मृतकको आत्माको चीर शान्तिको कामना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

विहान आफू बच्चा पुराउन जाँदै गर्दा ट्रकको ठक्कर आमा र बच्चा भूईमा लडिरहेको दृश्य देखेको र नजिकै पुगेर हेर्दा उनीहरु नेपाली रहेको थाहा भएको लेफ्राक सिटीमा नै बस्दै आएका प्रकाशधर तुलाधरले जानकारी दिनुभयो । आफू पुग्दा प्रहरी र एम्बुलेन्स घटनास्थलमा नै आइसकेको बताउँदै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ – न्यूयोर्कबाट प्रकाशित हुने खसोखास लेख्छ ।

यो पनि पढ्नुहोस :   सामाजिक अभियन्ता विश्वकिरण थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले भन्नुभएको छ – ‘न्युयोर्क नेपाली समाजमा निकै सकृय र मिलनसार मित्र पुरुषोत्तम पन्थीजी को छोरा र श्रीमती बिहान छोरालाई स्कुल छोड्न जादा सेनिटेसन ट्रकले ठक्कर दिदा १० बर्षका छोराको दुखद निधन भएको र धर्म पत्नी घाईते हुनुभएको दुखद घडीमा दिवंगत आत्माको चीरशान्ती र भाउजुको शीघ्र स्वास्थ्यलाभका लागि प्राथना गर्दछु ।’

त्यस्तै सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियाले बालकको निधनप्रति दुख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । साथै उहाँले शोकाकुल परिवारप्रति समावेदनासमेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बांगले भन्नुभएको छ – ‘यो घटनाले हामी सबैलाई स्तव्ध र मर्माहत बनाएको छ । दुखद दुर्घटनामा ज्यान गुमाएका १० बर्षको बावुको आत्माको चिरशान्तिको कामना गर्दै, मित्र पुरुषोत्तमजी लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु र भाउजुको शिघ्र स्वास्थ्यलाभको कामना ।’

स्रोत: नेपालमदर डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य