शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

नेपालले मलेसियालाई एमओयूको प्रस्ताव पठायो, सेप्टेम्बर पहिलो हप्ता श्रम सम्झौता हुन सक्ने

११ भाद्र २०७५, सोमबार नेपालले मलेसियालाई एमओयूको प्रस्ताव पठायो, सेप्टेम्बर पहिलो हप्ता श्रम सम्झौता हुन सक्ने

 

काठमाडौं – मलेसियाले नेपाली कामदार लैजान पठाएको समझदारी पत्र (एमओयू) को मस्यौदामाथि नेपालले छलफल र अध्ययन गरी संशोधनसहित मलेसियालाई पठाएको छ ।

 

 

नेपालले संशोधनसहितको प्रस्ताव मलेसियाको मानव संसाधन मन्त्रालयमा पठाएको हो । विभिन्न बहानामा मलेसिया जाने कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठमा कामदार मलेसिया पठाउन रोक लगाएपछि मलेसियाले सरकारी स्तरबाटै सम्झौता गरेर कामदार लैजान गएको शनिबार नेपाललाई औपचारिक प्रस्ताव पठाएको थियो ।

 

मलेसियाले पठाएको मस्यौदामा विज्ञ, सरकारी निकायका प्रतिनिधि र सरोकारवालसँग सुझाव लिएर संशोधनसहित शुक्रबार नै मस्यौदा मलेसिया पठाएको मन्त्री निकट स्रोतले जनाएकाे छ ।
मलेसियाले नेपालले उठाएको मुद्धालाई सम्बोधन हुनेगरी नै मस्यौदा पठाएको र त्यसमा थप सुझाव सहित नेपालले शुक्रबार नै मस्यौदा मलेसियालाई पठाएको हो ।

 

मलेसिया पनि नेपाली कामदारको हितकै पक्षमा सम्झौता गरेर कामदार लैजान तयार भएको र नेपालले पनि आफ्नो सुझाव सहित मस्यौदा पठाएकाले आउँदो सेप्टेम्बरको पहिलो हप्तासम्ममा श्रम सम्झौता हुन सक्ने मन्त्री निकट स्रोतकाे दावी छ ।

 

मलेसियाले नेपाली कामदार लैजाँदा लाग्ने शुल्क रोजगारदाताले नै व्यहोर्ने गरी एमओयूको प्रस्ताव पठाएको थियो । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले यसअघि नेपालले इच्छा अनुसार नै नेपाली कामदार लैजाने बताएका थिए ।

यो पनि पढ्नुहोस :   वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ४६ जना मृतकका परिवारलाई ५ करोड राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य