बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

केही थान प्रेमील मुक्तकहरू

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares
२५ पुष २०७६, शुक्रबार केही थान प्रेमील मुक्तकहरू
Spread the love
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

 

मुक्तक -१

तिमीसँगै हाँस्दा, रुँदाको जस्तो, जिन्दगानी छैन
अनि तिम्रो प्रेमले, छुँदाको जस्तो,जिन्दगानी छैन
उस्तै छ शहर म छु, उस्तै सबैका रहरहरू छ्न्
तिमी छैनौ तिमी, हुँदाको जस्तो, जिन्दगानी छैन

– लक्ष्मी अर्पणा (स्याङ्गजा)

……………………………………………….

मुक्तक -२

प्रश्न छरिरहें, उम्रिएर पनि जवाफ फुलेन अझै
आशै आशमा व्यर्थै गरिएछ लगाव फुलेन अझै
मेरो विवशतामा तिम्रो यही गुनासो रहिरह्यो सानू,
“प्रेमको मलिलो छातीमा पनि गुलाब फुलेन अझै ।”

– शिव सस्मित
म्याग्दी ।

……………………………………………….

 

मुक्तक -३

मरुभूमी यो जिन्दगीमा पनि रसाइदिन्छन् नयनहरू
यादमा पलपल मोती दाना खसाइदिन्छन् नयनहरू
सुन्दर तस्वीर कैद गर्छन् आफैभित्र सजाउनलाई,
मुटुभित्रै जुनी-जुनीसम्मलाई बसाइदिन्छन् नयनहरू !

– मीना चौलागाई
काठमाण्डौ ।

……………………………………………….

मुक्तक -४

व्यापार, कला, मनोरञ्जन, अनेकथरी खेला भय‍ो
विविध लक्ष्य उद्देश्यले, मान्छेहरुको भेला भयो
लक्ष्मीकै भो‍ तानातानी, झम्के साँझ भो जानाजानी
छोड्दिन हात सान्नानीले, आफ्न‍ो त जाने बेला भयो ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

…………………………………………………….

मुक्तक -५

घामचर्के पनि शीतल हुन्थ्यो मनले मायाँ लाको बेला

जत्ति हे¥यो हेरुँहेरुँ लाग्थ्यो मनको छेउमा भाको बेला

बिर्सेको छैन तिम्रा छुनुकमुनुक मनभरि भरि देखिराछु

सम्झनाले झन झन पोल्छ बिर्सने रङ खाको बेला ।

– राजन कार्की
काठमाण्डौं, नेपाल ।

(बिभिन्न मुक्तककारका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   तिमी चोर (कविता) -बिजयीता भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य