बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

कसजुको स्मृतिमा अक्षय कोषको घोषणा, बरिष्ठ पत्रकार श्रेष्ठले नेतृत्व लिने

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares
२५ पुष २०७६, शुक्रबार कसजुको स्मृतिमा अक्षय कोषको घोषणा, बरिष्ठ पत्रकार श्रेष्ठले नेतृत्व लिने
Spread the love
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

 

काठमाडौँ । बहुआयामीक व्यक्तित्व स्व. विनय कसजुको स्मृतिमा पाल्पाली संगमले अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ ।

कसजुको निधन भएको ४५औँ पुण्य तिथिका अवसरमा काठमाडौमा आयोजित स्मृति सभामा स्व. विनय कसजु अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो ।

संगम अन्तर्गतको सञ्चार विभागले कसजुको ग्रामिण विकास पत्रकारिता, बाल साहित्य, सूचनाको हक र प्रविधिमैत्री अभियानगरी चार आयामलाई संस्थागत गर्ने उद्धेश्यले अक्षय कोष स्थापनाको प्रस्ताव गरेको विभागका संयोजक तथा संगमका सचिव जीवन भण्डारीले जानकारी दिनुभयो ।

कोष मार्फत् चारै विधामा योगदान पु¥याउने एक एक जनालाई हरेक बर्ष प्रोत्साहन प्रदान गर्ने, अध्ययन, अनुसन्धान, लेखन, अभियानलगायतमा सहयोग गर्ने उद्धेश्य पनि राखिएको उहाँले बताउनुभयो ।

कोषको नेतृत्व भने संगमको सञ्चार विभागका सल्लाहकार समेत रहेका बरिष्ठ पत्रकार सम्भु श्रेष्ठले गर्नुहुने भएको छ ।

स्वर्गिय कसजुसँग पाल्पादेखि काठमाडौँसम्म लगातार सहयात्री रहनु भएका श्रेष्ठले सम्वन्धीत निकाय तथा व्यक्तिहरुको सहयोगमा कोषमा एक बर्षभित्रमा १० लाख रुपैया जम्मा गर्ने योजना रहेको बताउनु भयो । उहाँले कसजुको बार्षिकीका अवसरमा स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना बनाइएको पनि स्मृति सभामा जानकारी दिनुभयो ।

राष्ट्रका लागि धेरै योगदान पु¥याउनु भएका कसजुको स्मृतिमा कोष स्थापना गर्ने र उहाँलाई कालान्तरसम्म जिवन्त राख्ने जिम्मेबारी र अवसर पाउनु आफ्नो भाग्य र दायित्व दुवै भएको श्रेष्ठले बताउनुभयो ।

स्मृति सभामा कसजुको ग्रामिण विकास पत्रकारिताका बारेमा आदित्यमान श्रेष्ठ, बालसाहित्यका बारेमा प्रमोद प्रधान, सुचनाको हक अभियानका बारेमा तत्कालिन सूचना आयुक्त श्री आचार्य र सूचना प्रविधि अभियानका बारेमा कसजुका छोरा अभिनव कसजुले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पाल्पाबाट निर्वाचित सांसद तथा पूर्व मन्त्री सोमप्रसाद पाण्डेले स्वर्गिय कसजुका प्रयास तथा अभियानलाई सार्थकता दिनसके उहाँप्रति सच्चा श्रद्धान्जली हुने र त्यसका लागि अक्षय कोष राम्रो माध्यम हुने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस :   कोहलपुरमा प्रहरीमाथि नै यस्तो आशंका

स्मृति सभामा कसजुकी श्रीमती गंगा कसजु, संगमका अध्यक्ष पदम न्यौपाने, कोषाध्यक्ष सनिल नेपाललगायतले कसजुको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
विक्रम सम्वत् २००४ साल भदौ २५ गते पाल्पामा जन्मिनु भएका कसजुको गत मंसिर १० गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य