बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

नेपाल-क्यानडा दौत्य सम्बन्धको पचपन्न बर्ष र नेपाली डायस्पोराको भूमिका -केदार बस्नेत

  • 520
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    520
    Shares
२७ पुष २०७६, आईतवार नेपाल-क्यानडा दौत्य सम्बन्धको पचपन्न बर्ष र नेपाली डायस्पोराको भूमिका -केदार बस्नेत
Spread the love
  • 520
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    520
    Shares

 

नया बर्ष २०२० जनवरी तेस्रो हप्तासगै नेपाल क्यानाडाको दौत्य सम्बन्ध १९६५ जनवरी १८- २०२० जनवरी १८ ) पचपन्न बर्षमा प्रवेश गर्दैछ । यस अवसरमा क्यानाडाको नेपाली डायस्पोराको एउटा सामुहिक शुभेच्क्षा भनेको क्यानाडा नेपाल दुई पक्षीय सम्बन्धका आयामहरू अझ विस्तार, गाढा अनि बढि लाभदायी हुनसकुन हामी सबैको यही हार्दिक शुभकामना रहेको छ । यो लेखको मूल अभिप्राय पनि त्यही हो ।

आधा शतब्धिभन्दा बढी अबधिदेखिको दुइ देशको सम्बन्धको उपलब्धि आत्मसात् गर्दै नेपाली डायस्पोराको तहबाट गर्नुपर्ने र आउदा दिनमा अझ गहिरो कसरी बनाउने भन्ने हाम्रो चासो आफैमा महत्वदायक छ । यस प्रसंगमा दुइवटा मुल्यांकनका मुलभूत बिषय रहेका छन् । पहिलो नेपाल-क्यानाडा दौत्य सम्बन्ध हालको अवस्था अनि आउदा दिनमा यसको विस्तार । र, अर्को जल्दो बिषय क्यानाडामा नेपाली डायस्पोराको बर्तमान अवस्था जसको बहुआयाम भनेको आकार, एकता, सक्रियता, रचनात्मकता र क्षमता हो । निरन्तर रुपमा नेपाली डायस्पोरा बौद्धिक, ब्यबसायिक, र बहुआयामिक रुपमा क्यानाडियन मूलप्रबहतिर बढ्दै गरेको आभाष हुन्छ । प्राध्यापन, इन्जिनिरिंग, नर्सिङ्ग, एकाउण्टेण्ट, वकिल, आइटि क्षेत्रमा बढी रोजगारी पाएको छ भने होटेल, ट्रकिङ्ग, रिएल स्टेट ब्यबसायीहरु पनि उल्लेख्य बढेको छ । मोण्ट्रियल, ओटावा, बृहत्तर टोरोन्टो, गोयल्फ- लन्डन, सास्काटूंन, क्यालगरी एड्मुण्टन, भ्यानकुभरमा भएको नेपालीहरुको बसाई भएको प्रमुख सहरहरु हुन् ।

क्यानाडा आफैमा विश्वका डायस्पोराहरुको संयोजन योगदानबाट निर्मित र अगाडी बढ्दै गरेको देश हो । अर्थात् क्यानाडा आफैमा डायस्पोरारुपी फलहरु र फूलहरुको बगैचाको देश हो । जहाँ विश्वका बिबिध भाषा सामाजिक संस्कृतिक धर्म सम्प्रदायहरु बिचको सद्भाव, सामन्जस्य डायस्पोरारुपी बगैचाको सौन्दर्यता हो । यस्तो डायस्पोरारुपी बगैचामा नेपाली डायस्पोरा एक फुल हो भन्दा अतियुक्ति हुदैन । क्यानडा भौगोलिक हिसाबले विश्वको दोश्रो ठुलो र औधोगिक र भोतिक विकास प्रबिधिले पनि सम्पन्न भएको देश हो । नेपालको बिकाश र क्यानाडा नेपालको सम्बन्धमा सार्थक भूमिका खेल्न सक्ने सम्भाबना बोकेको नेपाली डायस्पोरा बिगतको तुलनामा संख्यात्मक र गुणात्मक रुपमा वृद्धि भएको छ र आउदा दिनमा निरन्तर वृद्धि हुदै गइ रहेको छ । बर्तमानमा नेपाल क्यानाडा दौत सम्बन्धका दुइ पक्षीय व्यापार ब्यापारिक (आयात निर्यात ) र आर्थिक सम्बन्ध, पर्यटन प्रबर्धन, प्रबिधि र पूजिं लगानी, विकास सम्बन्ध, शिक्षा एबम अनुसन्धान, साहित्य कला र संस्कृति, क्षेत्रमा नेपाली डायस्पोराले के कसरी काम गर्न सक्छ ।

नेपाली डायस्पोराले नेपाली र क्यानाडाली नागरिक तहमा जोड्ने पुलको काम गरेको छ । क्यानाडामा रहेको नेपाली डायस्पोराले र नेपाल -क्यानाडा बिचको नागरिक कुटनीति ( पब्लिक डिप्लोमेसी) मा तिन तहमा कामगरेको छ । पहिलो हो व्यक्ति व्यक्ति वा परिवार बिचको, दोश्रो नातादार बिचको र तेश्रो हो- संघ संस्था हरु बिचको यो सबैको समग्र नागरिक समाज बिचको सम्बन्ध हो । क्यानाडामा रहेको करिब २५, ००० -३५००० बिचको नेपालीहरुको नेपालमा आफ्ना परिवारको सदश्यको सम्पर्क , उनिहरुको नातेदार बीचको सम्पर्क, नेवा गुठि, मगर संघ, शेर्पा संघ, गुरुङ संघको माध्यमले पनि नेपाल क्यानाडा बीच संस्कृतिक सम्बन्ध जोडेको छ । दुइवटा नेपाली सामुदायिक घर अल्बर्टामा मात्र बनिसकेको र अर्को पनि बन्ने योजना भएको, क्यानाडामा करिब तीन दर्जन सामुदयिक संस्थाहरु ति मध्ये चारवटा धार्मिक संस्थाहरु, दुइवट खेलकुद संस्थाहरु संचालनमा रहेका छन्। त्यसै गरी नेपाली प्रबासी मंच को नेपाल कम्युनिस्ट पार्टी संगको र नेपाली जनसम्पर्क समितिको नेपाली कांग्रेस पार्टीसंगको भगिनी सम्बन्धले नेपाल क्यानाडा बिचको राजनैतिक सम्बन्ध बास्तबिक अर्थमा जोड्न सक्ने होभने अझ राम्रो हुनसक्थ्यो । नेपालबाट सरकारी अधिकारीहरु को अधिकारिक भ्रमण, पुजारीहरु, खेलाडीहरु, कलाकारहरु क्यानाडा आएर कार्यक्रम गर्ने कुराले पनि तिब्रता पाएको छ। हालैका बर्षरुमा क्यानाडामा नेपाली बिद्यार्थी हरुको संख्या पनि बढेको छ । यो सबै एउटा सकरात्मक पक्ष मान्नु पर्छ ।

यो पनि पढ्नुहोस :   दिनभर गिठ्ठी कुटेर गुजारा टार्नेलाई नारी दिवसको पत्तो छैन

क्यानाडा संबैधानिक राजतन्त्र आत्मसात् गरेको, बिकसित, सभ्य, सुब्यबस्थित, प्रजातान्त्रिक समाज भएको देश हो । क्यानाडाको खगोलीय प्राथमिकता भनेको प्रजात्रन्तिक प्रणाली मजबुद गर्ने, सुशासन, बहुलबाद, मानब अधिकारको संरक्षण गर्नु हो । यही कुराहरुलाई नागरिक समाज र क्यानाडाको डायस्पोरा संघ संस्थाहरुले पनि अक्षरश पालना गरियोस भन्छ । हामीले बुझ्नु पर्ने के कुरा हो भने क्यानाडाको विदेश नीति र यसको अभ्यास भनेको बर्तमानमा गरिएको यहाको अध्ययन, अनुसन्धान, अनुभब र आबश्यकतामा आधारित भएको अनुभूति हुन्छ । र क्यानाडाको डायस्पोरा कम्युनिटीको हुन् सक्ने सम्भावित भूमिका लाईपनि मुल्यांकन गरी उचित स्थान दिइएको हुन्छ । यथार्थमा क्यानाडा परम्परागत रुपमा व्यापार आयात निर्यात हुदै गरेका भन्दा अरुदेश संग पनि डायस्पोरा बाट नयाँ आर्थिक गतिबिधिका अबसर सिर्जना होस् भन्ने चाहन्छ।

नेपालको लागि क्यानाडाको सहयोग सरकारी तहबाट र गैर सरकारी संघसंस्था र व्यक्तिगत तहबाट हेर्न सकिन्छ। हाल क्यानाडियन गैर्ह सरकारी च्यारिटी संघ संस्थाहरु नेपाल लक्षित नै गरेर स्थापना भै संचालन भएक छन् । लगभग बिस वटा जति च्यारिटी को अनलाइनमा देख्न सकिन्छ । र नेपाललाई एउटा लक्षित कार्य क्षेत्र बनाएर कम गर्दै गरेका अरु संस्थाहरु छन् ।

क्यानाडा नेपाल बीचको दुई पक्षीय सम्बन्ध संचालनको अधिकार यी दुई देशका सरकारको हो । सरकारको नीति, नियम , ब्यबहार र अभ्यास लाइ आत्मसाथ दिदै त्यसलाई सहयोग पुग्ने गरी नागरिक स्तरमा कार्यक्रम गर्नु डायस्पोराका संघ संस्थाहरुको क्षेत्र भित्र पर्दछ । क्यानाडाका नेपाली सामुदयिक संघ संस्थाहरुले क्यानाडा भित्र र नेपालका सामाजिक संघ संस्थाहरुसंग सहकार्यबाट गरेको कार्यक्रम गतिबिधिहरुले पनि नेपाल क्यानाडाको सम्बन्धलाइ प्रत्यक्ष्य सकारात्मक प्रभाब पारेको हुन्छ । ती कार्यक्रमहरु सामाजिक, खेलकुद, संस्कृतिक, धार्मिक, राजनीतिक सहभागिता पर्दछन ।

नेपाल स्वतन्त्र पररास्ट्र नीतिका मान्यताका आधारमा देशको स्वतन्त्रता, स्वाधीनता र अखण्डता पूर्ण रुपमा बचाउन सक्ष्यम हुनुपर्छ ।आफ्ना दुई छिमेकी देश चीन र भारतसंग रास्ट्रिय स्वार्थलाई पनि पारस्परिक हितमा प्रत्यक्ष्य वा परोक्ष्य नकारात्मक असर नहुने गरी सचेत पूर्ण ढंगले नेपालको कुटनीति संचालन हुनु पर्छ भन्ने सोच टड्कारो रुपमा अगाडी आएको अवस्था छ ।यति बेला नेपाल सरकार छिमेकी देश भारतसंगको सिमा बिबादमा, मिलिनियम च्यालेन्ज कर्पोरेशन संसदबाट अनुमोदन गराउनु पर्ने जस्ता संबेदनशिल कुरामा अल्झिएको छ।

क्यानाडा नेपालको दुइ पक्षीय सम्बन्धको बारेमा यतिबेला केहि बोल्नु भन्दा पहिला नेपाल सरकारले अबलम्बन गरेको कुटनीतिक ब्यबहार पनि हामी सबैको चासो को बिषय बनेको छ । नेपालको विदेश नीतिको मौलिक उद्देश्य सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता रक्षा तथा आर्थिक अवसर र समृद्धि सिर्जना गर्दै अन्तर रास्ट्रिय जगतमा नेपाल राष्ट्रको सम्मान बढाउनु हो। संविधानमा व्यवस्था भएको जुन मार्ग निर्देशन का रुपमा रहने निर्देशक सिद्धान्त धारा ५० (४) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ भन्ने ब्यबस्था भनेको छ । राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी राज्यको नीतिहरु मध्ये पहिलो “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकता अक्षुण्ण राख्ने” रहेको छ । सरकार संचालन का क्रममा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यताका साथै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने हुन्छ।

यो पनि पढ्नुहोस :   महासचिवको रुपमा मेरो कार्यकाल संस्थागत बिकासको कोशेढुंगा -बिआर लामा

मुलुकको स्वाभिमान, स्वाधिनता, सम्मान र हित सर्वदा अपरिवर्तनीय हुने हुनाले यसमा कसैसँग पनि कुनै किसिमको सन्धि, सम्झौता, अनुबन्ध गर्नु हुदैन । सामान्यतया कुनै पनि मुलुकको विदेश सम्बन्धबारे कुरा गर्दा छिमेक सम्बन्ध पहिलो प्राथमिकतामा पर्छ । नेपाल पनि त्यसबाट अपवाद छैन, बरु छिमेक सम्बन्धमा बढ्तै केन्द्रित छ । नेपालले चीन र भारत संग छिमेकी केन्द्रित प्राथमिकताको नीति अर्थात् नेपालले छिमेकी देशलाई विश्वासमा राखेर राष्ट्रिय स्वार्थको रक्षा गर्नुपर्ने धारणा पनि आएको छ। र शक्ति राष्ट्र जस्तै अमेरिका, रशिया, बेलायत, फ्रान्स, जापान लगायतसंग दोश्रो र बिशेस प्राथमिकताको ब्यबहारको नीतिमा चल्नुपर्ने देखिन्छ । बिस्तारै खगोलीय आर्थिक शक्तिको केन्द्र एशियामा सर्न थालेको विश्लेषण भइरहँदा त्यसलाई प्रतिनिधित्व गर्ने चीन र भारतसँग नेपालले जति हार्दिक र पारस्परिक विश्वासमा आधारित सम्बन्ध राख्न सक्छ, मुलुकले त्यति नै लाभ लिन सक्छ भन्नेमा कसैको विमति देखिन्न भन्ने सार्थक भनाइ पनि बिर्सनु हुदैन । कुनै पनि सामरिक गुटमा कुनै पनि किसिमले संलग्न नहुने नीति नेपालको लागि उत्तम हो । विदेशीहरूसँग राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलको एउटै धारण र ब्यबहार हुनु पर्छ तर पार्टीगत हितका विषयमा बढी केन्द्रित हुने प्रवृत्ति मौलाउँदै गएको अनुभूति हुन् थालको छ । अझ एउटै पार्टी भित्रपनि फरक फरक नेताको फरक ब्यबहार देखिनु दुर्भाग्य हो । पछिल्लो समय नेपालको विदेश नीति तथा कूटनीति संचालनमा असहजता देखिनुमा नेतृत्व बर्गको अपरिपक्वता नै हो ।

यतिखेर नेपाल भारत सम्बन्ध सिमा विवाद मा अल्झिएको छ। यो विवाद लाइ नेपाल सरकारले टेबुल बार्ताको माध्यमबाट समाधान गर्ने उपाय अबलम्बन गरेको बुझिन्छ। पररास्ट्र नीतिको उदेश्य प्राप्त गर्ने कुटनीति संचालन गर्ने पहिलो अधिकार सरकालाई मात्र हुन्छ । सरकारले अख्तियार गरेको कुटनीतिलाई उससंग तालमेल गरेर मात्र साथ दिनु डायस्पोराको कर्तब्य हुन् आउछ। अर्को तिर हामीले यहा नेपालको हितमा काम गर्दा काम गरिने बिषय संबेदनशीलता लाई पनि ख्याल गरिनु पर्छ। र नेपाली समुदायको बृहतर सहभागितामा छलफल गरी लिखित निर्णय गरेपछि त्यसको आधिकारिक जानकारी संचार मध्यमलाइ र क्यानाडा सरकारको सम्बन्धित निकायलाई दिएर मात्र कार्यक्रम गर्दा राम्रो हुन् सक्छ । क्यानाडा र भारत एक आपसमा असल दौत्य सम्बन्ध भएका कमनवेल्थ सदश्य देश हुन्।

समुदाय भित्रको कार्यगत एकता कायम हुनसक्यो भने क्यानाडामा अरु समुदायको तुलनमा नेपाली सानो भएपनि प्रभावकारी भुमिका खेल्न सक्छ।समुदायमा हाल प्रसस्तै प्राज्ञिक, ब्यबसायिक, अनुभवी व्यक्तिहरु छन् । उनीहरुले सामुदायिक कार्यक्रम वा गतिबिधिहरुमा बिषय बिग्यको रुपमा योगदान गर्ने अवसर हुन् सक्नु पर्छ । सामुदायिक संघ संस्थाहरु पारदर्शी, जबाफदेहिको हैशियद र उदेश्यमा लक्षित रहन सक्यो भने पनि एकता पनि हुन् सक्छ । त्यसैले हाम्रो सामुदायिक एकता पनि क्यानाडा नेपाल दुइ पक्षीय सम्बन्धको पब्लिक कुटनीतिको आयाम हुन् सक्छ भन्ने बुझिनु पर्छ ।

बिगतमा क्यानाडामा भएका स्थानीय, प्रान्तीय र संघीय निर्बाचनमा नेपालीहरुले आफ्ना निर्बाचन क्षेत्रमा मतदाताको रुपमा वा उमेद्वारको सहयोगीको रुपमा प्रस्तुत भएर सहभागी भए । यसले राम्रो प्रभाब पार्यो । तर पनि नेपाली डायस्पोराले क्यानाडाको कुन दललाई के को आधारमा सहयोग गर्ने भन्ने राजनैतिक सोच बनाउने बेला आएको छ । कुनै नेपाली सामुदयिक संघ संस्थाका एक दुइ पदाधिकारीहरु उमेद्वारको अगाडी व्यक्तिगत हैसियतले तर नेपाली संस्थाको नाम लियर सहयोगीको रुपमा प्रस्तुत हुनुभन्दा समुदायमा छलफल गरी योजनाबद्ध ढंगले निर्बाचनमा सहयोगीको रुपमा प्रस्तुत हुदा राम्रो हुनसक्छ ।

यो पनि पढ्नुहोस :   बोर्ड अफ डाइरेक्टर पदका उमेद्वार अमर छन्त्यालले के भन्नुहुन्छ ?

क्यानेडियन नेपालीहरु अल्प संख्यक भएको कारण प्रान्तीय र संघीय तहमा सरकार संग प्रत्यक्ष्य सरोकारका बिषयमा समय समयमा सम्बाद हुन् जरुरी छ । त्यसको लागि नेपाली डायस्पोराले क्यानाडाको प्रान्तीय तहमा नियमित दुई पक्षीय सम्बादको लागि एउटा संयन्त्र (फोरम मंच) को अवधारण अगाडी ल्याउन अहिलको समयमा आबश्यक छ ।

बर्तमान संबिधानको धारा १४ अनुसार नेपालको नागरिक रहीपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ भन्ने प्राबधान डायस्पोरालाई दिएको संबैधानिक मान्यता हो । तत्सम्बन्धिको एन नियम बने पछि नेपालको गैरआवासीय नागरिकताको प्राबधान पूर्ण रुपमा लागु हुने छ ।नेपाली मुलका हामी क्यानाडियनहरु एकै समयमा क्यानडाको नागरिक अधिकार र नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छौ । यस्तो दुइ रास्ट्रको अधिकार प्रयोग गर्ने प्रणालीको नामलाई आधुनिक भाषा प्रचलनमा परारास्ट्रिय (ट्रांस्नेसनल) भनिन्छ। नेपालको संसदमा विचाराधीन अबस्थामा रहको बिधेयक पास भए पछि क्यानाडियन नेपाली समुदायले नेपाल क्यानडा बीच आर्थिक, सामाजिक र सांस्कृतिक गतिबिधि सिमापार तहमा संचालन हुने छन्। यसले क्यानडा नेपाल बिचको सम्बन्धलाई अझ गहिरो बनाउछ । तर यो बिषयमा नेपाली डायस्पोरा भित्र एउटा बौद्धिक चिन्तन र छलफल हुन् आबश्यक छन् । नेपाली मुलका क्यानेडियन नागरिकले नेपालमा ब्यापार ब्यबसाय संचालन गर्दाका दोहोरो कर, कानुनी कागजात वा लिखित जस्तै इच्छापत्र, अधिकारनामा, बिबाह प्रमाण पत्र, आदिलाई दुवै देशमा मान्यता हुने प्राबधानको क्यानाडा बिचको सम्झौता हुन् आबश्यक हुने छ ।

यो बर्षको नेपाल सरकारको कार्यक्रम नेपाल भ्रमण बर्ष २०२० सफल बनाउने अभियान क्यानडामा पनि सफल बनाउ । नेपाल क्यानाडा बिचको दौत्य सम्बन्धलाइ अझ गहिरो बनाउ । कन्सर्न नेपालले राखेको नेपाल क्यानाडा को ५५औ दौत्य बर्ष कार्यक्रम सफल होस् । यही शुभकामना सहित धन्यबाद ।

 

मिसिसागा क्यानडा

(एनआरएनए क्यानडाका संस्थापक सदस्य र पहिलो कार्याकालको एनसिसि बोर्ड डाईरेक्टर बस्नेत स्वतन्त्र समाजसेवी हुन् ।१९ बर्षदेखि क्यानडा बस्दै आएका बस्नेत नेपालका एक कुशल कानुन ब्यबसायी हुन् र कानुनमा दक्षता राख्दछन । क्यानडामा पनि एउटा प्राइभेट ल अफिसमा कार्यरत छन् ।
नेपालको सोलुखुम्बुबाट आएर काठमाडौँको बालकोटमा बसोबास गरेका बस्नेत सन् २००० मा क्यानडा आएका हुन् ।-सम्पादक ।)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य