बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

मृत शरीरमा पार्टिको झन्डा ओढाउनु कुरीति र कुसंस्कार हो – गोबिन्द न्यौपाने

२७ पुष २०७६, आईतवार मृत शरीरमा पार्टिको झन्डा ओढाउनु कुरीति र कुसंस्कार हो – गोबिन्द न्यौपाने

 

मृत शरीरमा पार्टिको झन्डा ओढाउने चलन भर्खर शुरु गरिएको छ l बिगत पाचदश बर्ष अघि यो चलन थिएन l हिजोआज यो चलनको प्रतिस्पर्धा भएको देखिएको छ l घर परिवार चरमपिडामा हुन्छ l ति कुरातर्फ ध्यान जाने कुरा पनि भएन l समाजका टाठाबाठाहरु झन्डाको जोहोमा अली बढी आतुर देखिनु हुन्छ l

मानिसका हरेक चाहनाहरु हुँदारहेछन l राजनैतिक हिसावले कुनै पार्टीसँग आवध्द नरहने आफ्नो मताधिकार चुनावको वेलामा सुझवुझका साथ प्रयोग गर्ने संख्या नेपालमा धेरै छ l यध्यपी ति मानिसहरुलाइ स्वघोसित समाजसेविहरुले असामाजिक अबौद्दिक भनुन l त्यस्ता राजनैतिक पार्टिका गन्ध समेत नमिसिएका कतिपय मानिसको पार्टि मृत्‍युपछी देखिदै छ, चिनिदै छ l एउटै घरमा दुई छोराहरु फरक राजनैतिक पार्टिमा आवध्द रहने र मृत बुवा आमाको शरीरमा कुन झन्डा ओढाउने भन्ने बहस मसानघाट्मै हुनुमा हामी लजाउनु पर्दैन र ?

मानौ :: तपाईं कहिकतै घरदेखि टाढै हिड्दै हुनुहुन्छ l

मानिसको दाहसस्कार हुँदै छ l तपाईंसँग थोरै समय छ l स्वभाविकरुपमा तपाईं त्यहा जानुहुन्छ l गर्व लाग्छ l त्यहा पुग्न पाएकोमा l तर त्यहा आफु इतरको झन्डा छ भने पक्कै असजिलो महसुस हुने छ l तपाईं एउटा मानव हुनुका नाताले त्यहा जानुभएको हो l तपाईंलाई थाहा छ, एकदिन तपाइ पनि मर्ने हो ।त्यसैले त्यहा जानुभएको हो l झन्डा ओढाउनेको भन्दा चेतनास्तर तपाईंको माथि छ, त्यसैले तपाईं जानुपर्छ l

छिमेकी कथा गुरुप्रशाद मैनालीले हाम्रो समाज हेरेर लेखेका हुन l धुन्धान झगडा हुन्छ l हानाहान हुन्छ l तर अप्ठ्यारो परेको वेला कसैले पनि बिगत बिर्सने हाम्रो सस्कार हो l कर्तव्य कथामा भएका पारीवेश हाम्रो समाजमा हामीले देखेका मात्रै छैनौ भोगेकै छौ l मैले आँफै उदाहरण दिन परे दिउला स्वास्नि लैजाने जार मलामा गएको छ, झै झगडा गरेर नबोल्ने, लडाईं गरेको, कुनै पनि अशिक्षित हो वा शिक्षित सवैले आफुसक्दो समवेदना दिएको छ l समाज त्यसरी नै चलिरहेको छ l

यो पनि पढ्नुहोस :   ओलीका के अपराध छन र कालो झण्डा देखाउने -टेकराज पौडेल

परिवर्तन पक्कै पनि आवश्यक छ l कुसस्कार आज पनि ब्याप्त छन समाजमा l तीनिहरुको न्युनिकरणमा राजनैतिक पार्टिको भूमिका कम अंकलन गर्न मिल्दैन l तर सदियौ देखी चलिआएको सहयोग सद्भभावको संस्कारमाथि नै प्रतिकुल हुने गरी समाजका अगुवाहरुले जुन परिपाटि बसाल्दै हुनुन्छ यो सुहाउँदो छैन l यसको परिणाम पनि राम्रो हुँदैन l

खोलो बगाउनु पर्दैन आँफै बग्छ l पानी पार्नु पर्दैन l यो समाज भित्रको प्रक्रिती बनिसकेको छ l आज पनि धामी झाक्रिले रोजगार पाइरहेका छन l गरिव अशक्तहरु जहाका तही छन l मान्छेको जीवन सुधारका यावत पक्षहरु छन l हामीले काम गर्नुपर्ने l भ्रस्टचारले जरा गाडेकै छ l स्थानीय स्तरमा वन जङल, खानेपानी, सिंचाई, सडक, शिक्षा, स्वास्थ्य रोजगारजस्ता थुप्रै काममा सहमति जुट्दैन l ठीक छ, त्यसलाई ब्यवस्थाको उपज भनौला l सार्वजनिक चासोका बिषयमा बिचार नपुराइ बसालेका रितिहरुले पक्कै पनि समाज उत्ताउलो बन्न सक्छ l

मसानघाटमा भाषण होइन दाउरा, आगो, कपाल खौरने, मट्तितेल l पार्टिको बखान होइन शोक धुन राष्ट्रिय झन्डा l घरमा दुनो टपरी पैसा चामल घ्यु डिङा बाच्छा चिसो तातो यही परम्परागत शैलिले नै मनहरुलाई जोड्न सक्छ l

सताव्दी अघिदेखि समाज एक भएर जन्ती मलामीमा सामेल छ l लहडवाजीमा भएका उग्रराजनैतीक कृयाकलापले समाजको अस्तित्व र सुव्यबस्थामा नराम्रो प्रभाव पारेको छ l हामी मरेर जान्छौ l सन्तान मिलेर बसुन भन्ने तिरै ध्यान पुर्याउन मेरा अग्रजहरु प्रती सादर निबेदन छ l कोहि मरेर जाँदा कांग्रेस मर्यो वा कम्युनिष्ट मर्यो भन्ने भन्दापनि एउटा मानव मर्यो भन्ने चलन बसोस । मरेको मान्छेको शरीरमा पार्टीको झन्डा ओढाउने चलन आजै बन्द गरौँ ।फेरी पनि जोड दिएर भन्छु, यो कुरीति हो बन्द गरौँ ।

(अमेरिकाको बाल्टिमोर सहरमा बस्दै आएका युवा न्यौपाने सामाजिक सरोकारका बिषयमा कलम चलाईरहन्छन । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य