बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

शिक्षा र गुणस्तरीयता (कविता) – कृष्ण थापा

  • 211
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    211
    Shares
२८ पुष २०७६, सोमबार शिक्षा र गुणस्तरीयता (कविता)  – कृष्ण थापा
Spread the love
  • 211
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    211
    Shares

 

नेता बनेका केही मानिसहरू
दु:खी मान्छेको घाउमा मल्हम लगाउन होइन
मर्नै पर्दैन झैँ गरी
सात पुस्तालाई कमाउन लागेपछि
अब्बल ठानिएका बाबू नानीहरू
देश-प्रेममा रम्न छाडि
विदेशै ताक्न लागेपछि
घरमा पाहुना आउँदा
वास्तै नगरी
खुरु-खुरु आफ्नै कोठामै गएपछि
आफू सोफामा बसी
मान्नु पर्ने अभिभावकलाई नै अह्राइ
मालिक बन्न थालेपछि
के शिक्षा पाए उनीहरू ?
के दियौं त गुणस्तरीयता ?
* * *
मख्ख परेको छ
गमक्क परेको छ
मानौं ऊ बाहेक अरुले केही जानेकै छैन
तर बसमा यात्रा गर्दा बृद्ध बा-आमा
सकी नसकी उभिएर यात्रा गरेको टुलुटुलु हेरेर बस्छ
सिट छोडिदिनु मरे सरह ठान्छ
खोइ के भएर कोही कोही पढ्न त सकेनन्
तर मर्दा पर्दा चल्ता पुर्जा नै देखिन्छन्
खोक्रो त्यो शिक्षाले खोइ के गर्यो ?
विज्ञान आहा ! कति राम्रो
एम.एस.सी.मा उत्कृष्ट नतिजा आउँछ
तर घरमा भैंसी दुहुन आउँदैन
डिग्री डबल डिग्री हासिल भा’छ
चिन्तन विदेशै गएर झाडु लगाउनेमा छ
कहाँ छ गुणस्तरीयता ?
* ” *
आफ्नो संस्कार त्यागी
लुट्पुटिन्छ पश्चिमी वायुमा
असल शिलस्वभाव होइन
रमाउँछ गाँजा भाँङ्ग र धतुरोमा
दिन-दु-खी देखेर माया होइन
झन्झन् तिरस्कार गर्छ
आफू जस्तै मान्छेलाइ ठगी
आलिशान महलको धाक दिन्छ
पैसै हो जीवन
पैसै हो साथी
पैसा नै सबथोक हो
यस्तै रवाफ लाउँछ
जालझेल षड्यन्त्रमा
चौबिसै घण्टा बिताउँछ ।
* * *
कोही कोही बनिरहेछन् मोडल
टाउकैबाट मोडल बन्नुपर्छ
सबै कुरा सोची सोंचिकन
गुणस्तरीय शिक्षा भन्नुपर्छ
पढेका मान्छे देख्दा श्रद्धा जागोस
इष्टमित्र साथीभाई देख्दा भरोसा लागोस
पढेका मान्छे देश बनाउन लागुन्
न्याय र सत्यमा सधै जागुन्
मरिन्छ भन्ने भाव रहिरहोस सधै
कम्मर कसी देशै उज्यालो बनाउन लागुन अझै
बानी व्यवहार सरल बनोस
खराब चीजलाइ सधै छि! छि! गरोस
पैसाको बलले होइन इमानको भर परोस
गुण आओस् यसरी नै
शिक्षा पाउन त्यसरी नै
लाचार कोही नबनुन
छि शिक्षा कसैले नभनुन
यस्तै होस जिन्दगी सबैको
उज्ज्वल र गुणस्तरीयताको ।

यो पनि पढ्नुहोस :   निर्मला अनि निर्मलाहरुमा समर्पित (कविता) -सिर्जना थापा

अस्तु

– रिब्दीकोट – ३, पाल्पा ।


( कृष्ण थापाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य