Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परेर निधन

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परेर निधन

नेप्लिज डायस्पोरा

२८, पौष २०७६
images
२९ पुस, काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परेर निधन भएको छ । काठमाडौँको दरबारमार्गस्थित आफैले काम गर्ने बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको बुझिएको छ । दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको संगीतकार मिलन मोक्तानले मिडियाहरुलाई जानकारी दिएका छन्। खासगरी होटेलहरुमा गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी घर भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

images
images
प्रकाशित मिति :पौष २८, २०७६ सोमवार - २०:४३:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend