बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

सार्थक जीवन (कविता) – गंगा लिगल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२९ पुष २०७६, मंगलवार सार्थक जीवन  (कविता)  – गंगा लिगल
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

तिमी कहाँ छौ भनी खोज्छन् सबै
मन्दिर मस्जिद जहाँ तहाँ घुम्छन् अझै
जातपात र भेद भाव गर्दछन् यहाँ
अमीर र गरिबको लेखो राख्छन् सबै ।

झगडा तकरार ,कटु शब्द प्रहार गरी
एकले अर्कोलाई उछिन्ने नियति गरी
अहम् र अहंकारले बिष कुम्भ भरी
मानवले मानवको मूल्य र मान्यता नगरी ।

कुदृष्टि कुभाव र कुबिचारहरू लिई
कुस्वप्न कुकर्म, कुकार्य र मनमा कटुता लिई
मनुष्य जन्म भै मानवताको भाव नली
व्यर्थ नगुमाऊँ अमूल्य जीवन पशुसरी ।

स्वर्ग र नर्क त यही छ विचार गर
स्वच्छ निस्वार्थ भावमै आनन्दको छ घर
परोपकाराय पुण्याय पापाय परपीडनम्
जीवनको यथार्थ नै यही हो अति सुन्दरम् ।

जनको मनलाई अपहेलित नगरी
प्रेमको जलले मानवमा सेचन गरी
विश्वास र श्रद्धाको पुष्प समर्पित गरी
शान्ति, सत्य र आनन्दको अनुभुति लिई ।

आनन्दोब्रम्ह ब्रम्हेत परमात्मन बुझौं
यसैमा ईश्वरको रुप हुन्छ यसैलाई पुजौ
सत्य धर्म , प्रेम अनि शान्तिको पाठ सिकौं
अहिंसा परमो धर्मलाई नित्य मनन गरौं ।

स्वर्गको सपना यहाँ सहजै साकार गरौं
नास्ति ज्ञानात परम सुखमलाई बुझौं ।
हृदयान्तरमा अनन्त ज्ञान भण्डार भरौं
जीवनमा प्रेमरुपी ज्ञान रसले कलश भरौं ।।

धन्यवाद ।

सिद्धार्थ नगर -७ नयाँ सडक
भैरहवा, नेपाल ।
हाल : अमेरिका ।

(गंगा लिगल लिगलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   सिड्नी निवासी राजेश के सीको भिडियोमा पल र आँचल भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य