बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

चियाबारी (कविता) -कृष्ण कुमारी छेत्री

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares
२९ पुष २०७६, मंगलवार चियाबारी (कविता)  -कृष्ण कुमारी छेत्री
Spread the love
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

 

हेर हरियाली! सुन्दर बारी
बसौं सदा स्याहारी
ईश्वरको सृष्टी जलमा थलमा
सम्झी बसौ होशियारी!

राजा काजी रङ्क फकीर
सबका धर्ती माता
ओत लगाउने माता र पिता
ईश्वरै भाग्य विधाता !

जनम फल रे करम फल रे
संसारमा आउने ॠतु
नारा जुलुस नै अति भो अब त
बिषालु सर्पको बिष !

अनेकतालाई एकतामा ल्याई
सफलता मिल्नको खाँचो
कसरी होला व्यर्थ कराई
मिल्छ के सबैको चाँजो !

भाई भाई गाउँ समाज
सबैको एउटै धर्ती
सबैको छाता स्वच्छ आकाश
सृष्टिले दिएको अर्ती !

भो भो अब नगरौं बियाँलो
सबैको हरियाली पाखा
जागौं ! जगाऔं ! मनबाटै उठेर
नगरौं काखा पाखा !

स्वर्णमय यो धर्तीमाता
सबकी न्यानो माया
एक दिन फेरी चोला बदल्ने
जीवन हो घाम छाँया ।

– चुङथुङ टी इ दार्जिलिङ भारत।

(कृष्ण कुमारी छेत्रीको यो कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   मनिषा कार्कीका ५ मुक्तकहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य