बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

अमृत प्रणयका केही अब्बल मुक्तकहरू

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares
२९ पुष २०७६, मंगलवार अमृत प्रणयका केही अब्बल मुक्तकहरू
Spread the love
  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

 

मुक्तक -१

बढ्छ मनमा चिन्ता र भय किन हुन्छ होला
नचाहिने कुराको मात्र उदय किन हुन्छ होला
जसले प्यार पाउनकै लागी पल पल मर्नुपर्छ
आखिर उसकै नाम प्रणय किन हुन्छ होला ?

मुक्तक -२

मुहारमा छैन चमक डर मात्रै लाग्छ
मुटु गर्छ धकधक डर मात्रै लाग्छ
घुम्न मन छ नेपालको सारा गाउँ शहर
साँघुरो छ मुल सडक डर मात्रै लाग्छ ।

मुक्तक -३

धेरै भयो दिल खाली उडाउने मन छ
मिलाएर यसैपाली उडाउने मन छ
घरमा आमा हेर्दैछिन् बुहारीको बाटो
बिहे गरी टिकटकवाली उडाउने मन छ ।

मुक्तक -४

राखेको थिएँ आँखामा के जवाफ दिऊँ
खोजेँ उत्तर दुनियाँमा के जवाफ दिऊँ
बर्षौँसम्मको प्यारलाई लत्याएर गयौ
सोधिरहन्छिन् आमा के जवाफ दिऊँ ?

मुक्तक -५

मलाई छोड्दा पुगेन ढङ्ग फर्किएर आउँछे
बुझ्छे एकदिन पर्छे दङ्ग फर्किएर आउँछे
बैसले मात्तिएर उम्लिएर गई अहिले
सकिनेछ जवानीको रङ्ग फर्किएर आउँछे ।

मुक्तक -६

यस्तै छ दु:खको कहानी के कुरा गर्नु
मुटु दुखे नि दुख नमानी के कुरा गर्नु
प्रेमीकाले छोरालाई भाञ्जा भन भनी
अब यो कुरा भन्दा नि के कुरा गर्नु ?

पाली, नेपाल
हाल : चण्डीगढ, भारत ।

(अमृत प्रणय का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   'आर्गनिक माया' लिएर कोरियाबाट आए भिम थापा मगर [ भिडियो ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य