शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

गीत -वेद कुमारी न्याैपाने

५ माघ २०७६, आईतवार गीत -वेद कुमारी न्याैपाने

 

तिमीले दे´काे धाेखा भन्दा ठूलाे अरू घाउ छैन
जति चाेट थपे हुन्छ अब दुख्ने ठाउँ छैन ।

जल्नु जति जली सकें जति अागाे बाले हुन्छ
दुख्नु जति दुखी सक्यो जति नून् चूक् हाले हुन्छ

जति अाँसु दिए हुन्छ अब भिज्ने ठाउँ छैन
जति चाेट थपे हुन्छ अब दुख्ने ठाउँ छैन ।

लाग्नु दाग लागी सक्याे जति कालाे दले हुन्छ
हार्नु थियाे हारी सकें जति चाल चले हुन्छ

जति काँडा छरे हुन्छ अब बिझ्ने ठाउँ छैन
जति चाेट थपे हुन्छ अब दुख्ने ठाउँ छैन ।

– बालकाेट,भक्तपुर

हाल : काेलाेराडाे,अमेरिका ।

 (वेद कुमारी न्याैपानेको यो गीत साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   मुक्तककार सफल गोले तामाङका ५ चोटिला मुक्तकहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य