Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

बन्ने भए पाहुना (कविता) -लाेकविक्रम मल्ल

बन्ने भए पाहुना (कविता) -लाेकविक्रम मल्ल

images
  छन्द : शार्दूलविक्रीडित अामाले ममता मिसेर जलमा उर्जा मुछेकाे पिठो भाे चाहिन्न पिजा अरू मुलुकको राेटी मकैकाे मिठो चट्नी चट्ट पिरो जिरा र धनिया नाैनी लगाए मिठो मेरा उच्च हिमालका जडिबुटी छुर्पी चपाए मिठो पिस्दै मस्त उबाउटाे गहतकाे डुब्का डुबाए मिठो मेथी, टिम्मुर ,जिम्बुले ,लसुनले तड्का लगाए मिठो सिस्नाे साग , ढिँडाे मुछेर घिउमा चाहिन्न भाे बर्गर मेरा अन्न पहाडका बल दिने निर्धाे यहाँ काे छ र ढिक्री साथ अचारमा बयरकाे सिध्रा भुटेको मिठो माछा अाै गँगटा मुसा र भुसुवा घाेँगी उमाले मिठो गाेब्दा अण्डिक भात साथ बरिया सिन्की सुकाए मिठो मेरा अङ्ग समस्थ तागत दिने स्वादिष्ट ज्यादै मिठो चाेखाले ,ठकुवा , पुरी र खिचडी तारी तरूवा मिठो भान्छामा भुसुवा र खीर , मुरही मिष्टान साह्रै मिठो चुर्लाई तिलकाेर सातु र बरी जिब्रो रसाई दिने मेरा सम्म मधेस फाँट हरिया हीरा फलाई दिने लाभापालु ,टुचा , तखाः र कचिला बारा मिठो याेमरी मार्सी चामल दाल मास मसुराे ढाप्रा मिठो बेसरी नेपाली पकवान गाउघरकाे राख्ने भए चाहना मिल्ला स्वाद थरीथरी किसमकाे बन्ने भए पाहुना - अजयमेरु -३ डडेल्धुरा । (लाेकविक्रम मल्लको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - १०:४६:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend