Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

सभामुखको उम्मेदवार भनिएका सापकोटा कर्तव्य ज्यान मुद्दाका आरोपित भएको भन्दै विवाद

सभामुखको उम्मेदवार भनिएका सापकोटा कर्तव्य ज्यान मुद्दाका आरोपित भएको भन्दै विवाद

images
  काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले कर्तव्य ज्यान मुद्दाका आरोपित नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले पूर्वमन्त्री समेत रहेका नेता सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति जुटेको थियो । दुई अध्यक्षको सहमतिलाई पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पूर्णमाया लामाले २०६९ मंसिर ७ गते नेता अग्नि सापकोटाविरुद्ध उजुरी दिनुभएको थियो । तर प्रहरीले यस घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको छैन । हत्या जस्तो गम्भीर घटनाको आरोप खेपिरहेका व्यक्तिलाई सभामुख बनाउने निर्णय गर्नु लोकतान्त्रिक मुलुकका लागि विडम्बनापूर्ण स्थिति रहेको कानुनविदले बताएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हत्या अभियोग खेपिरहेका नेतालाई सभामुखको उम्मेदवार बनाउने निर्णय फिर्ता लिन नेकपालाई आग्रह गर्नुभयो । २०६२ वैशाख १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो । यो घटनामा नेता सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतलाई विपक्षी बनाइएको छ । यस मुद्दाको अनुसन्धान प्रक्रिया अगाडि बढाउन सर्वाेच्चले गरेको आदेशको पनि सरकारले अवज्ञा गरेर न्यायपालिकाको खिल्ली उडाएको बताउँदै फेरि एकपटक अधिवक्ता त्रिपाठीले बताएकी छिन्। सत्तारुढ नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गर्न पनि आग्रह गरेको छ । यसअघि सभामुखको उम्मेदवार तय भएसँगै राजीनामा दिने बताउँदै आएपनि शिवमायाले समाचार तयार पार्दासम्म राजीनामा दिएको खबर प्राप्त भएको छैन ।

images
images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - २२:०१:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend