शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका नेपाली युवा अहिले एप्पलमा इञ्जिनियर

६ माघ २०७६, सोमबार १५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका नेपाली युवा अहिले एप्पलमा इञ्जिनियर

‘जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?’

करिब १५ वर्षअघि त्यति पैसा तिर्न नसक्दा स्कुलबाट निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने क्षितिजले त्यतिखेरै संकल्प लिएका थिए, ‘कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।’

आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल आउने उनी गत दुई महिना नेपाल बसेर फर्किए। यो बसाइमा उनले सानो बेलाको संकल्प पूरा गर्ने प्रयास पनि गरे।

बुढानिलकण्ठस्थित श्री भद्रकाली स्कुलमा अध्ययनरत विपन्न परिवारका ३३ केटाकेटीको एक वर्षको पूरै खर्च तिरिदिए। त्यसका साथै पाँच वर्षसम्मको पढाइ खर्च बेहोर्ने प्रतिबद्धता जनाए।

‘हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन। स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,’ २७ वर्षीय क्षितिजले सानो हुँदाको घटना सम्झँदै भने, ‘त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरिदिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।’
क्षितिजका बुबा पनि इञ्जिनियर हुन्। धापासीमा उनीहरूको घर थियो रे। सुरुआतमा राम्रै थियो। माओवादी द्वन्द्वकालमा बुबाको जागिर गयो, पछि घर, विस्तारै सबै कुरा।

बिस्तृत फिचरका लागि क्लिक गर्नुहोस

 

यो पनि पढ्नुहोस :   दुई अध्यक्षबीच कुनै विवाद छैन : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य