शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

यूएईमा एक वर्षमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाए

६ माघ २०७६, सोमबार यूएईमा एक वर्षमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाए

यूएई –सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

पछिल्लो ७ वर्षमा यूएईमा ४ सय १४ पुरुष र ४३ महिला गरी ५ सय ५७ जना नेपालीको ज्यान गएको छ । सन् २०१८ मा १ सय ७, २०१७ मा ८४, सन् २०१६ मा ६६ र सन् २०१५ मा ६४ नेपाली श्रमिकको ज्यान गएको थियो । त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जना श्रमिकले यूएईमा ज्यान गुमाएका थिए ।

यूएईबाट उमाकान्त पाण्डेले लेखेको उज्यालो अन्लाईनको यो समाचार पढ्नुस:

 

यो पनि पढ्नुहोस :   अन्तर्राष्ट्रिय नेपाली समुदाय युएई द्वारा प्रथम INC अनुभवी फूटबल प्रतियोगिता गरिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य