Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय रुपैयाँ ऋण, सरकारको कुल ऋण ११ खर्ब !

हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय रुपैयाँ ऋण, सरकारको कुल ऋण ११ खर्ब !

images
काठमाण्डौ - नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनासम्म नेपालको ऋण १० खर्ब ९८ अर्ब पुगेको छ । जसमध्ये ६ खर्ब ४६ अर्ब ९५ करोड रुपैयाँ वैदेशीक ऋण रहेको छ । यस्तै ४ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । सरकारको ऋणलाई आजसम्मको जनसंख्या २ करोड ९८ लाख ३० हजार ५ सय ४७ ले भाग गर्दा हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय ८ रुपैयाँ ऋण रहेको छ । यो आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले १ अर्ब ९४ करोड आन्तरिक र ७ अर्ब ३० करोड बाह्य ऋण तिरेको छ । यस्तै आन्तरिक ऋणको ८ अर्ब ८९ करोड रुपैयाँ र बाह्य ऋणको १ अर्ब ५० करोड रुपैयाँ ब्याज पछिल्लो ५ महिनामा सरकारले भुक्तानी गरेको छ । उज्यालोबाट ।

images
images
प्रकाशित मिति :माघ ६, २०७६ सोमवार - १६:२५:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend