शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

एक एक छोरा काखमा च्यापेर त्रिशुलीमा हेलिएको दम्पतिको कथा -सन्तोष श्रेष्ठ

७ माघ २०७६, मंगलवार एक एक छोरा काखमा च्यापेर त्रिशुलीमा हेलिएको दम्पतिको कथा  -सन्तोष श्रेष्ठ

 

जीवन जीउन त्यति सजिलो कहा छ र ? जीवन जीउन मानिसहरूले अनेक प्रयत्न गर्छन, हरेक संघर्ष, दुखकष्ट, भोक, अभाव, ग़रीबीसगै पौठेजोरी खेल्दई अगाडी बढछन र जीवन जीउने कुनै आशा नभएपछी आत्महत्याको बाटो रोजन बाध्य हुन्छन।

काठमाण्डू चंद्रानगर नगरपालिका -४ थानकोटका ३७ वर्षीय विनय लामीछाने पेशाले शिक्षक थिए। २७ वर्षीय श्रीमती जमुना रेग्मी समेत स्नातकोत्तर अध्यान गरेकी थिइन। उनिहरुको २ वर्षीय बिजन र ६ महीनाको छोरा रीजन गरी दुईवटा नबालक छोराहरू थिए। परिवार हाँसी ख़ुसी थियो।

केही समय पश्चात विनय आफ़नो शिक्षण पेशा छोडेर कमोडिटी व्यापार शुरू गरछन। कमोडिटी व्यापार गर्नको लागी बिभिन्न व्यक्तिबाट मीटर ब्याजमा १ करोड़ ५० लाख ऋण लिन्छन, शुरुमा राम्रै प्रगति गरेक़ा बिनय बिस्तारै ब्यापारमा नोकसान ब्यहोर्छन, ऋणको चर्को ब्याजले थिलोथिलो हुनछन र अन्त्यमा सपरीवार आत्महत्या गर्ने बाटो रोज़छन ।

शुरुमा विनय श्रीमतीसंग सल्लाह गरेर आफ़ू मात्र आत्महत्या गर्न खोज्छन, तर श्रीमतीले आफ़ू एक्लै नबाँच्ने, बाँचे सगै बाँच्ने, मरे सगै मर्ने भन्ने दृढ़ता देखायपछी दुबैजना आत्महत्या गर्ने र दुई छोराहरुलाई छोड़ने निर्णय गरछन । पुन उनिहरु आफु दुई जनाको मृत्यु पश्चात दुई छोराहरूले दुःख पाऊने, उनिहरुको बिचलली हुने सोचेर सपरिवार आत्माहत्या गर्ने निर्णयमा पुगछन।

कान्छो छोराको भातखवाई निज जमुना रेग्मीको माइतीमा नै मनाउने भनेर घरबाट निस्कन्छन र बिहिबार साँझ बेनीघाट रोराँगगाऊँपालिकामा पर्ने बादरे नजिकै साथमा एकएक वटा नबालक छोराहरू काखिमा च्यापेर त्रीशूली नदीमा हेलिंछन।

घटनास्थल वरीपरि रहेका मानिसहरूले विनयको तत्काल जीवित उद्धार गरछन, श्रीमती जमुना रेग्मीको उद्धार गर्नु पहिले नै मृत्यु भैसकेको हुंछ भने दुई नबालक छोरा हरू त्रिशूली मा बगेर बेपत्ता हुनछन।

जिबितै उद्धार पश्चात बिनय हाल अबश्यक अनुसंधानको लागी प्रहरी हिरासतमा छन । प्राण प्यारी जीवनसंगिनीको मृत्यु भैसकेको छ भने अफ़ना मुटुका टुक्राहरू त्रिशूलीको भेलले कहा पुर्यायो अत्तोपत्तो छैन।

यो पनि पढ्नुहोस :   न्युयोर्कमा प्रधानमन्त्री ओलीको स्वागत, ट्रम्पलाई २ मिनेट भेट्ने

मानबिय संबेदनाले मूटू नै चूँडाउने यो घटनाका विनय त एक प्रतिनिधि पात्र मात्र हुन। आज देशमा भएको चरम शैक्षिक बेरोज़गार, भोक अभाव र ग़रीबीले हज़ारौ विनयहरू आत्महत्या गर्नु बाध्य छन। मीटर ब्याजमा लगानी लगाई सीमित व्यक्तिहरू दिन दुई गुना रात चार गुना झै फ़स्टाई रहेका छन भने हज़ारौ विनयहरू अफ़ना मुटुका टुक्राहरुलाई क़ाखी च्यापेर त्रिशूलीमा हेलीन बाध्य छन।

बिचरा ती अबोध बालकहरू जसको के दोष थियो र आफ़नो बाँच्न पाउने अधिकारबाट वंचित भए ?

हे भगवान ! जीवनमा कसैले पनी यो नियति भोग्नु नपरोस, दिवंगत जमुना रेग्मीप्रति हार्दिक श्रदानजलि र ती बेपत्ता दुई बालक हरू यथाशीघ्र भेटियोस।

बाल्टिमोर, अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य