शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

बिमलराज क्षेत्री र एकनारायण भण्डारीको ‘ऐना हेरी हेरी’ (भिडियो सहित)

७ माघ २०७६, मंगलवार बिमलराज क्षेत्री र एकनारायण भण्डारीको ‘ऐना हेरी हेरी’ (भिडियो सहित)

काठमाडौं– गीतकार एकनारायण भण्डारीको शब्द संगीतमा चर्चित गायिका बिष्णु माझी र विमलराज क्षेत्रीको आवाजमा नयाँ लोकदोहोरी गीत अहिले नेपाली संगीतको बजारमा चर्चाको शिखर चढ़दै छ।

‘सुपारी चाम्रो’ गीतबाट लोकसंगीतको दुनियामा शुरु भएको एकनारायण भण्डारीसंगको बिष्णु माझी र विमलराज क्षेत्रीको सहकार्य धेरै पछी फेरी उत्कृष्ठ बनेर आएको छ । आशिष अविरलको संगीत संयोजन रहेको गीत शान थापाको निर्देशनमा बनेको छ । गीतको म्यूजिक भिडियोमा भिजु पार्की र कविता नेपालीको उत्कृष्ट नृत्य रहेको छ।

छोटो समयमा दर्शकले यो गीतलाई अत्याधिक रुचाएका छन्। एकनारायण भण्डारीको अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।

एकनारायण बहुप्रतिभाशाली सर्जक हुन्, उनले सृजना गरेका लोक, आधुनिक र पप गीतहरु उतिकै चर्चामा रहेका छन्। विमलराज क्षेत्रीलाइ नेपाली लोकदोहोरीको क्षेत्रमा सभ्य र धरातल नबिर्सिएका सेलिब्रेटी भनेर दर्शक स्रोताले प्रशंसा गर्दछन । बिष्णु माझी पनि सुरिलो स्वरका कारण लोकप्रिय छिन ।

भिडियो हेरौं

 

 

यो पनि पढ्नुहोस :   उतै लाग्दा रैछन सबै, जताको आगो बल्दोरैछ -गोम बिक्रमका ५ मुक्तकहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य