आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

भन्छिन् मेरी आमा (कविता) – सञ्जित तामाङ्ग

१४ माघ २०७६, मंगलवार भन्छिन् मेरी आमा (कविता)  – सञ्जित तामाङ्ग

पहाडदेखि तराईसम्म
हाम्रै पूर्खाले अर्जेको नासो
हाम्रै हो, भन्छिन् मेरी आमा

हरियालि चियाबारी
उकाली ओराली
भञ्ज्याङ देउराली
हाम्रै हो, भन्छिन् मेरी आमा ।

पूर्खाको रगतले सिंञ्चेको
मेहनत र पौरखले सजिएको
यो पाखा पखेरो
माटो सेरोफेरो
हाम्रै हो, भन्छिन् मेरी आमा ।

एउटै छ आकाश
एउटै छ धर्ती
मगर तामाङ भोटे लेप्चा गुरुङ
खस राई लिम्बु सुब्बा नेवार
दमाई, सार्की
एउटै गोर्खा जाति
हाम्रै हो भन्छिन् मेरी आमा ।

अनेक छन् बोली
रीति रिवाज संस्कार
अघि बढाई लानु भोली
नगर्नु कहिले तिरष्कार
अस्तित्व परिचय राष्ट्रमा
एउटै गोर्खा जाति भाषामा
हाम्रै हो भन्छिन् मेरी आमा ।

– नोलडाँड़ा मिरिक दार्जीलिङ्ग भारत ।

 


(सञ्जित तामाङ्ग यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   भाईरल गायिका कमला घिमिरेको गीत ‘चिया छानेर’ ट्रेन्डिङ १२ मा (भिडियोसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य