शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

शारदा पौडेल निशाको कथा संग्रह “तेश्रो पाइला” बिमोचित

२७ माघ २०७६, सोमबार शारदा पौडेल निशाको कथा संग्रह “तेश्रो पाइला” बिमोचित

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेनले २ फरवरी २०२० आइतबारका दिन वसन्तपञ्चमी तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका अवसरमा साहित्यिक , साँस्कृतिक तथा पुस्तक विमोचन कार्यक्रम भएको थियो । उक्त कार्यक्रम अनेसास स्पेनकी अध्यक्ष श्री शारदा पौडेलको सभापतित्वमा संस्थाका संरक्षक रामकृष्ण पुडासैनीद्वारा सञ्चालन गरिएको थियो । स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाकी सचिव सुन्दरी लामाले स्वागत भाषण गर्नुभएको थियो । राजदूतले सरस्वतीको फोटोमा पूजा गरी धुप दीप बाली शुरुआत गरिएको उक्त कार्यक्रम एकछिन सरस्वती वन्दनाले गुन्जायमान भएको थियो । साहित्यका विभिन्न विधाका रचनाहरु वाचन गरिएको उक्त कार्यक्रममा श्री फुलामो लामा, श्री सरिता कार्की , श्री शान्ता ठकुरी तथा श्री झरना राई बहिनीहरुले अत्यन्तै उत्कृष्ट नृत्य प्रदर्शन गर्नुभएको थियो ।
रचना वाचनका क्रममा क्षेत्रीय एन आर एन ए सचिव श्री सागर श्रेष्ठले देशप्रेमले ओतप्रोत भएको कविता वाचन गर्नुभएको थियो भने एक इमान्दार सहयोगी तथा समाजसेवी श्री राजेश बरुवाल ज्यूले आफ्नो संस्कृति र परम्परा नै प्यारो भन्ने भावको सुन्दर कविता प्रस्तुत गर्नुभएको थियो । उहाँले अनेसास स्पेनले आजसम्म गरेका केही महत्त्वपूर्ण काम समेत उल्लेख गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सानो बाबू कुशल न्यौपानेले गीत गाएर सबैलाई लठ्ठ पार्न सफल भएका थिए । त्यसै गरी रचना वाचन गर्नेहरूमा संस्थाकी अध्यक्ष शारदा पौडेल , उपाध्यक्ष गंगादेवी शर्मा , सदिच्छा आचार्य रहनुभएको थियो । श्री सुदीप अर्याल ज्यूले वाचन गर्नुभएको मुक्तकले कार्यक्रमको रौनक बढाएको थियो । यसैगरी श्री चुनु बानियाँ ज्यूले नारी पीडाका बारेमा कविता वाचन गर्नुभएको थियो। जुन कविता निकै मार्मिक थियो । कार्यक्रम सञ्चालक तथा संस्थाका संरक्षक श्री रामकृष्ण पुडासैनी ज्यूले अहिलेको समय सान्दर्भिक कविता वाचन गर्नुभएको थियो जुन कविताले सबै श्रोताहरुलाई भावुक र सोचमग्न बनाउन सफल भएको थियो । राष्ट्रप्रेमको भावले ओतप्रोत भएको नेपाली हामी कहाँ पो रहौँला नेपालै नरहे भन्ने बोलको गीत श्री निशान गुरुङ ज्यूको गायन कलाले सबैलाई मोहित बनाएको थियो । यसै गरी संस्थाका उपाध्यक्ष श्री श्रीभक्त पौडेल ज्यूले पठाउनु भएको रचना( गजल)लाई बिहान तिमिल्सिनाले वाचन गरेर सुनाउनुभएको थियो ।

यो पनि पढ्नुहोस :   अनुपको शहरमा आँचल

उक्त कार्यक्रममा महामहिम राजदुत दावा फुटी शेर्पाको हातबाट संस्थाकी अध्यक्ष शारदा पौडेल ” निशा” को दोस्रो लघुकथा संग्रह “तेस्रो पाइला”को विमोचन गरिएको थियो । यस विमोचन कार्यक्रममा अतिथि समेतलाई सहभागी गराइएको थियो । कार्यक्रममा महामहिम राजदुत श्री दावा फुटी शेर्पा ज्यूले लघुकथा संग्रहका बारेमा आफ्नो विचार व्यक्त गर्दै सफलताको शुभ-कामना दिनु भएको थियो । यस अघि अध्यक्ष शारदा पौडेल ” निशा” ज्यूका छोरीका आँखा (लघुकथा संग्रह) र निशाको निशानी ( मुक्तक संग्रह) प्रकाशन भइसकेका थिए । कार्यक्रमकै क्रममा निवर्तमान डि आर सी एनआ रएनए युरोपका श्री एकराज गिरी ज्यू , एनआरएनए केन्द्रीय उपाध्यक्ष श्री उत्तर राई ज्यू र एनआरएनए म्याड्रिडका क्षेत्रीय अध्यक्ष श्री सुजिल गोले ज्यूले आ- आफ्नो मन्तव्य राख्नु भएको थियो ।

 


कार्यक्रम संचालनको पूर्व तयारी साथै सम्पूर्ण प्राविधिक व्यवस्थापन संस्थाका कोषाध्यक्ष बिहान तिमिल्सिनाले गर्नुभएको थियो । त्यस्तै गरी संस्थाकी सल्लाहकार पार्वती ओलीको रेखदेखमा उपस्थिति सम्पूर्ण महानुभावलाई श्री माया पुडासैनी , श्री पुनम श्रेष्ठ , श्री सुशीला गुरुङज्यूबाट खाजा वितरण गरिएको थियो । समाजसेवी श्री गगन कुँवर साथै उहाँकी धर्मपत्नी श्री कल्पना पौडेल कुँवर ज्यूबाट संस्थालाई मीठा सेल रोटी सौजन्य स्वरुप प्रदान गर्नुभएको थियो । यसै गरी संस्थाको विकासका लागि बेलायत निवासी अतिथि श्री रोशन भण्डारी ज्यूबाट ५० यूरो सहयोग स्वरुप प्रदान गर्नुभएको थियो ।

रचना वाचनका साथै नृत्यमा भाग लिनुहुने सम्पूर्ण सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत दावा फुटी शेर्पा ज्यू तथा सभापति शारदा पौडेल “निशा “ज्यूका हातबाट प्रमाण-पत्र तथा उपहार वितरण गरिएको थियो ।

औपचारिक कार्यक्रम समापनपछि निकै अबेरसम्म सामूहिक गायन तथा नृत्य चलिरहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य