शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

अमेरिकाका आदिवासी जनजातिका बिभिन्न संस्थाहरूलाई एकीकरणको लागी हार्दिक आव्हान

२७ माघ २०७६, सोमबार अमेरिकाका आदिवासी जनजातिका बिभिन्न संस्थाहरूलाई एकीकरणको लागी हार्दिक आव्हान

 

न्युयोर्क, अमेरिका

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) ले विभाजित सामुदायिक संघ संस्थाहरूलाई एकीकरणको लागी हार्दिक आव्हान गरेको छ । फिप्ना को फेब्रुवरी ८ मा बसेको संयुक्त कार्यसमिति र सदस्य संस्थाहरूको संयुक्त बैठकले उक्त आव्हान गरेको हो ।

फिप्नामा आवद्द नेपालका आदिवासी जनजाति समुदायहरू मध्ये १७ वटा सामुदायिक संस्थाहरू आवद्द छन् । केही सदस्य संस्थाहरू विभाजनतिर गईरहेकोले उक्त विभाजित समुदायको एकीकरणको लागी फिप्नाले सबैप्रकारको तत्परता देखाएको छ ।

बैठक पछी फिप्नाका अध्यक्ष लोक चेम्जोङले एक अपील जारी गर्दै भनेको छ , “हाम्रो एउटै , उदेश्य, निति , सिद्धान्त र एकै समुदायका हामीहरूले एकआपसमा भातृत्व, सत्भाव कायम गर्दै आपसी मनमुटाव, द्वन्द लाई न्युनिकरण गर्दै हाम्रो महान लक्ष्य प्राप्ति को लागी हामी सबैलाई मिल्नको लागी हार्दिक अपील गर्दछौ ।”

फिप्नाद्वारा जारी अपील को पूर्ण पाठ यसप्रकार छ ।

date:- feb,9 2020
अपील

आदरणीय जनसमुदायमा हार्दिक नमस्कार !
नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) नेपाल का आदिवासी जनजाति हरू जो संयुक्त राज्य अमेरीका मा बसोबास गरिरहेका छन ,ती सबै समुदायको साझा र एकमात्र आधिकारिक संस्था ( महासंघ) हो । फिप्ना को सदस्य संख्या को हिसावले हाल अमेरीका मा संगठित रहेका सत्र वटा सामुदायिक संस्थाहरू महासंघ को सदस्य संस्थाको रूपमा रहदै आएका छन् । हाम्रो उदेश्य यहाँ रहेका नेपाल का आदिवासी जनजातिहरूलाई संगठित गर्दै , एकीकृत गर्दै, एक आपसमा एकता , भातृत्व को विकास गर्दै नेपाल र नेपाली हरूको हितमा सामाजिक एवं मानविय कार्यहरू गर्दै आदिवासीहरूको हक , अधिकार प्रती सचेत गराउदै राज्यको मूलधारमा समुनुपातिक प्रतिनिधित्व को लागी निरन्तर पहल गर्ने र आफ्नो भाषा ,कला ,संस्कार , संस्कृतिहरूको संरक्ष एवं संवर्धन गर्दै हाम्रो मौलिक पहिचान लाई स्थापित गर्दै लानु हो । हामी नेपाल को सन्दर्भमा आदिवासी जनजाति हरूको हक अधिकार स्थापित गराउन पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को संविधान संशोधन गरी सबै नेपालीहरूको साझा , अपनत्व गरिएको सानुपातिक समावेसीकरण भएको एक सम्मृद्द नेपालको लागी निरन्तर लडिरहने छौ । अर्को तर्फ अमेरीका संसार कै उद्दार समावेसीकरण भएको प्रजातांत्रिक मुलुक हो । त्यसकारण हामी अमेरीका मा पनि नेपाली भाषा , नेपाली पहिचान, नेपाली संस्कार संस्कृति, भेषभुषा हरूलाई स्थापित गराउदै लानु पनि हाम्रो उदेश्य हो । नेपाली पहिचान भन्नाले नेपाल का आदिवासी जनजातिहरूले मान्ने मौलिक चाडपर्वहरू , लाउने भेषभुषाहरू , बोलिने भाषाहरू देखी हाम्रो सबै नेपालीहरूले बोलिने भाषा खस नेपाली भाषा र धार्मिक रूपमा नेपाल को मौलिक धर्म हिन्दु , बौद्ध र किराँत लगायत धर्महरू सबैलाई पनि स्थापित गराउनु र यहाँको राज्यको मूलप्रवाहमा समाहित गराउदै लानु पनि हाम्रो उदेश्य हो ।
यसरी हाम्रो उदेश्यहरू ठाउँ ,परिस्थिति र समय अनुसार फराकिलो बन्दै गएको छ । यो वेला हामी अझधेरै बढी एकढिक्का भएर अगाडी बढ्न जरूरी छ ।

यो पनि पढ्नुहोस :   अमेरिकामा रहेका बिजयको शब्दमा बिष्णु माझीको स्वर (भिडियो सहित)

फेब्रुवरी ८ का दिन फिप्ना को कार्यसमिति र सदस्य संस्थाहरू विच बसेको संयुक्त बैठकले फिप्ना को विगतका गतिविधि र सदस्य संस्थाहरूको विभाजन को विषयमा गम्भीर आत्मासमिक्षा गरेको छ र बैठकले सबै समुदायको एकतामा जोड दिएको छ । विडम्बना विगत केहीवर्षदेखी हाम्रो समुदायमा एउटै समुदायको, एउटै उदेश्य, निति र विचार एउटै भएकाहरूको पनि गुट, फुट र विभाजन ले हाम्रो सिंगो नेपाली समाज नै विभाजित गरिरहेको छ । यो एकदम खतरनाक क्यान्सर रोग हो । दुनियामा विभाजन ले लक्ष्यमा पुगेको ईतिहास छैन , विभाजन सबैभन्दा सजिलो ओरालो लाग्ने बाटो हो । हामी हाम्रो उदेश्य मा पुग्न चाहान्छौ त्यसको लागी पनि हामीलाई मिल्नु , संगठित हुन , एकीकृत हुनुको विकल्प छैन ।
फिप्ना को केही सदस्य संस्थाहरूमा देखिएको विभाजन ले हामीलाई गम्भीर वनाएको छ । यहाँहरूको विभाजन ले हामी दुःखी छौ । हेर्दा यहाँहरूको समुदायको विभाजन मात्र देखिए पनि त्यसको असर सिंगो नेपाली अमेरिकन समुदायमा प्रत्यक्ष / अप्रत्यक्ष गम्भीर असर पुगेको छ ।जसको कारण हामी नेपालीहरूको साझा उद्देश्य बोकेको कार्यक्रमहरू मा पनि असर परिरहेको छ त्यो हामी सबैको लागी हानिकारक छ । नेपाल आदिवासी जनजाति माहासंघ अमेरीका हार्दिक अपील गर्दछौ ,यहाहरू को एकता , एकीकरण, समायोजन को लागी जुनसुकै किसिमले पनि फिप्नाबाट हुने सहयोग हरू , सहजिकरण गर्ने , सहजतर्ताको भुमिका निर्वाह गर्ने साथै दन्द्वव्यवस्थापन का अनेक उपायहरू अपनाएर विभाजित समुदायको संस्थागत/ भावनात्मक एकता , एकीकरण को लागी फिप्ना सधैब तयार रहेको हार्दिक अनुरोध गर्दछौ । आवश्यक अनुसार , यहाँहरूको अनुरोध मा वार्ता समिती, सहजिकरण टोली निर्माण गरि यो समस्या लाई दिर्घकालिनरूपमा निराकरण गर्न फिप्ना तयार रहेको समेत सम्पूर्ण मा अवगत गराउन चाहान्छौ ।
एकता मा वल हुन्छ , याहाहरूले आपसी मनमुटाव, व्याक्तीगत रिसईवी , विभिन्न अस्वास्थ्य लान्छानाहरू सबैलाई त्यागेर वृहत्तर नेपाल र नेपालीहरूको हितको लागी आदिवासी एकताको लागी सबै अवगुणहरूलाई त्यागेर एकीकरण मा जुट्नुहुनेछ सबै विभाजित समुदायका नेतृत्वतहमा रहेका सम्पूर्ण मा एकीकरण को लागी हार्दिक अपील गर्दछौ । धन्यवाद,नमस्कार ।

यो पनि पढ्नुहोस :   क्यानडाका लागि नेपाली राजदूतमा भृगु ढुंगाना नियुक्त

—————
लोक चेम्जोङ
अध्यक्ष

 

यो बर्षको लागि भ्यालेन्टाईन गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य