शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

पप गायक सञ्जीप प्रधानका पिताको निधन

२७ माघ २०७६, सोमबार पप गायक सञ्जीप प्रधानका पिताको निधन

 

काठमाडौं- लोकप्रिय पप गायक सञ्जीप प्रधानलाई पितृ शोक परेको छ । सञ्जीपका बुवा तथा पुराना संगीतकर्मी गणेशभक्त प्रधानको ७६ वर्षको उमेरमा केही दिनअघि काठमाडौंमा निधन भएको हो ।

गायक सञ्जीप प्रधानकी श्रीमती तथा गायिका सरिष्मा अमात्यले फेसबुकमा एउटा स्टाटसमार्फत आफ्ना बुवा (ससुरा) को दुःखद निधन भएको जानकारी गराएकी हुन् ।

एक महिनाअघि मात्रै कब्जियतको समस्या देखा परेपछि उहाँको आन्द्राको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि स्वास्थलाभ गरिसकेका प्रधानलाई पछि छातीको इन्फेक्सनले सतायो । छातीको इन्फेक्सनकै कारण उनको मुटुको चाल नै रोकिएको गायिका अमात्यले बताएकी छिन् ।

गायक तथा संगीतकारको रुपमा परिचित गणेशभक्तले भारतको कलकत्तासम्म पुगेर गीत रेकर्डिङ गरेका थिए । उनले त्यही बेला पाँच वटा गीतहरु रेकर्ड गरेका थिए । संगीतकार तथा गीतकारको रुपमा समेत उनले थुप्रै गीतहरु तयार पारेका थिए । स्व.प्रधानले २०३०-३१ सालतिरै रेडियो नेपाल र भारतको एचएमभीमा एक दर्जन गीतहरु रेकर्ड गराएका थिए ।

गायक सञ्जिप प्रधानले समेत बुवा गणेश भक्तको एउटा गीत रिमिक्स गरेका थिए । ‘जीवन तिमीलाई…’ शीर्षकको गीत यूट्युबमा गायक सञ्जिप प्रधानले नै अपलोड गरेका छन् ।
बुवाको स्वास्थ बिग्रिन थालेपछि गायक प्रधान केही समयअघि नै अमेरिकाबाट नेपाल आएका थिए ।

 

ससुरा बुबाको निधनपछी सरिश्मा अमात्यको फेसबुक स्टाटस

 

यो पनि पढ्नुहोस :   अमेरिकाको बाल्टिमोरमा निधन भएका नेपाली युवाको अन्तेष्टि भोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य