शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

अमरको स्मृतिमा श्रष्टालाई सम्मान, विद्यालयलाई सहयोग र छात्रवृत्तिका लागि नगद प्रदान

२७ माघ २०७६, सोमबार अमरको स्मृतिमा श्रष्टालाई सम्मान, विद्यालयलाई सहयोग र छात्रवृत्तिका लागि नगद प्रदान

 

पाँचथर– माघ २६,

अमर नेम्बाङ स्मृति पुरस्कार पहिलोपल्ट अनुसन्धाता, समालोचक तथा लेखक डा.देवी क्षेत्री दुलाल र कवि तथा समालोचक मुनाराज शेर्मालाई प्रदान गरिएको छ । सोमबार स्वर्गिय अमर नेम्बाङको निबास, फाल्गुनन्द–३, पौवास्थित अमर नेम्बाङ स्मृति रङगशालामा आयोजित कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो । ताम्रपत्र सहित एक लाख रुपैंयाँ रासीको पुरस्कार दुलाल र शेर्मालाई ५०–५० हजार रुपैयाको प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा.तुलसी भट्टराई र बिशेष अतिथि साहित्यकार कृष्ण बरालले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले नेपाली साहित्य र राजनीतिमा पौवासारतापका नेम्बाङ परिवारको ठूलो भूमिका रहेको उल्लेख गरे ।

पूर्वीयसँगै पाश्चात्य साहित्यबारे मिहीन अध्ययन गरेका अमर नेम्बाङ नेपाली साहित्यका एक बिशिष्ठ स्रष्टा रहेको भट्टराईले बताए । अमेरिका पुगेर पनि गाउँमै फर्कि जन्मभूमिको सेवामा आफूलाई समिर्पित गरेका अमरको साहित्यिक मात्र नभएर सामाजिक र राजीतिक क्षेत्रमा समेत बिशिष्ट योगदान गरेको भट्टराईको भनाई थियो ।

अमर नेम्बाङ

पुरस्कृत स्रष्टा द्वय दुलाल र शेर्माले अमर नेम्बाङको नाम जोडिएको पुरस्कार ग्रहण गर्न पाउँदा गर्वानुभूति भएको बताए । अमर नेम्बाङको साहित्यिक, सामाजिक र राजनीतिक ब्यक्तित्वबारे बिशेष अतिथि बरालसँगै साहित्यकार प्रेम ओझा, धर्मेन्द्रबिक्रम नेम्बाङ, प्रकाश थाम्सुहाङ र मधुराज केरुङले प्रकाश पारेका थिए ।

अमर नेम्बाङका अमेरिका भ्रमणका केही सम्झनाहरु (संस्मरण), सम्झनाका तरेलीहरु (संस्मरण) र एउटा साँझको अवशान (कविता संग्रह) प्रकाशित छन् । इको राइटिङका अभियन्ता अमरको सम्झनाका तरेलीहरु पर्यावरणीय लेखनको प्रयोग गरिएको अब्बल र बिशिष्ठ कृति हो । जुन कृतिको अंग्रेजी अनुवाद प्रकाशनको तयारीमा रहेको छ ।

वि.स.२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनकाे जनपक्षिय नेपाली कांग्रेसकाे तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक पटक साविक पौवा सारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष निर्वाचित भए। तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित भए । नयाँ सम्रचना अनुसार ७५३ वटै स्थानीय तहको सरकार मध्ये नेम्बाङले फाल्गुनन्द गाउँपालिकामा मात्र आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनलाई प्राथमिकताका साथ संन्चालन गरेका कारण उतिवेला उनी मुलुकभर चर्चामा आए ।

यो पनि पढ्नुहोस :   नेपालमा नयाँ मन्त्रीमण्डल, को गए-को आए ?( सुचि सहित )

गाउँपालिकाको प्रमुखको रूपमा काम गरिरहेकै बखत २०७५ माघ २६ गते उनको निधन भएको थियो । फाल्गुनन्द–५, नं.वडा कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरिसकेलगत्तै हृदयघातका कारण अमरको निधन भएको थियो । २०७५ सालमा नेपाल सरकारले उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित भएका उनको पछिल्लो समयमा राजनीतिज्ञ, बिश्लेशक तथा विज्ञहरुले पनि उनको जिवनी अध्यन गर्न थालेका छन् ।

स्मृति दिवसको अवसरमा “अमर नेम्बाङ लिम्बु ट्रष्ट”द्वारा मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैया, स्थानीय फाल्गुनन्द-३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयहरू फक्ताङलुङ बाल बिकास आधारभूत विद्यालयललाई ५० हजार रुपैंयाँ व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर नेम्बाङ मार्फत र स्थानीय पद्मकन्या आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको छात्रवृतिको निमित्त १२ हजार रूपैंया विद्यालयका प्रधानध्यापक लक्षमण नेम्बाङलाई नगद सहयोग रकम प्रदान गरिएको थियो ।

साथै केही समयअघि आगलागिबाट घर जलेका फाल्गुनन्द–३, गुम्बाडाँडाका धनकुमार तामाङलाई पनि हाल युएसएमा रहेका ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङको पहलमा संकलन गरिएको ५० हजार रुपैंयाँ प्रदान गरिएको थियो । कार्यक्रम कवि धर्मेन्द्रबिक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य