शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

कुख्यात डनहरु पालेर पार्टी संचालन गरेका ठुला दलहरुको रवैया घाम जस्तै -शैलेश श्रेष्ठ

२८ माघ २०७६, मंगलवार कुख्यात डनहरु पालेर पार्टी संचालन गरेका ठुला दलहरुको रवैया घाम जस्तै -शैलेश श्रेष्ठ

 

नेपालका बिशेषगरि ठुला दलहरु नेपाली कांग्रेस, पुर्व एमाले र अहिलेका नेकपा डबल संस्थापनले आफ्ना भ्रष्ट नेताहरुलाई सकेसम्म बचाउने हरेक प्रयत्न गर्छन र गर्ने गरेका छन । लहरा तान्दा पहरा गर्जिने भयले यी दुवै दलका राज्य संचालक नेताहरुले उ बेलै पनि मल्लिक आयोग र रायमाझी आयोगको प्रतिबेदन लागु गर्ने चाहना नराखेकै हुन ।

म सम्झन्छु जति बेला चिरन्जीवी वाग्ले, खुम बहादुर खड्का र जेपी गुप्ताहरु भ्रष्टाचार अभियोगमा तानिए यता प्रवासमा कांग्रेसको भात्री संगठन चलाएर बसेकाहरुले सार्वजनिक मंचबाटै भनेका थिए बाम-गठबन्धन सरकारले प्रतिशोधको नियतले कांग्रेसलाई छानी छानी कारवाही गर्ने नियत राख्यो भनेर । हुन पनि उनीहरुले त्यसो भनिरहँदा मलाई पनि एउटा कुरामा बारम्बार अचम्म चाँही लागेकै हो काठमाडौँको भरिभराउ टुंडिखेलमा तात्कालिक नेकपा एमालेका ईश्वर पोखरेल र प्रदिप नेपालले एक नम्बरको भ्रष्टाचारी भनेर भाषण गर्दै ईंगित गरेका सुन काण्डका नाईके बामदेब गौतमहरु चाँही किन कानुनको अधिनमा कहिल्यै आएनन अथवा राज्यले ल्याउन सकेन?

केही महिना अघि ईंटाभट्टामा मानिसहरु जिउंदै जलाएको भयानक अभियोगमा पुर्पक्षका लागि गिरफ्तार गरिएका रौतहट २ बाट निर्वाचित सांसद मोहम्मद अफ्ताल आलमलाई पक्राउ गर्दाको अवस्थामा पनि कांग्रसको संस्थापन र बिशेष गरेर शेर बहादुर देउबाले घोर आपत्ति जनाएकै हो अनि ठाउँ ठाउँमा हाम्रा नेतालाई रिहाई गर भनेर नारा जुलुस भएकै हो । कुख्यात डनहरु पालेर पार्टी संचालन गरेका यी ठुला दलहरुको यस्तो रवैयाकै कारण हाम्रो राज्य संयन्त्र र न्यायपालिका कमजोर हुने गरेको सत्य घाम जस्तै छर्लंग छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लगी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन भौतिक योजनामन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका उपनेता नेता विजय गच्छदार उर्फ “मिस्टर आयाराम गयाराम” को नाममा मुद्दा अगाडी बढाए पछि अहिले पुनः गच्छदारको बचाऊमा पुरै पार्टी मात्र होइन कार्यकर्ताहरु पनि लागेका छन । मलाई एउटा कुरामा अचम्म लाग्छ “दण्डहिनता” र “भ्रष्टाचार” को बिरुध्दमा मंचमा कुर्लने हामी किन न्यायिक निरुपण र कानुनी उपचारको पक्षमा उभिन आँट गर्दैनौं?

यो पनि पढ्नुहोस :   किन नेपाली राजदूत विवादमा आईरहन्छन ?

मेरो बिचारमा विजय गच्छदारहरुलाई किन अख्तियारले मुद्दा दायर गरेको भनेर आरान्यरोदन गर्ने होइन कि हामीले त बालुवाटारका नयाँ बिष्णुका अवतारको सामिप्य अनि आशिर्बाद पाएका नेकपा डबलका महासचिब बिष्णु पौडेललाई चाँही किन पहिलो चरण मै उन्मुक्ति दिईयो? भन्ने अहम अनि बिराट बिषयलाई चाँही दवाबमुलक किसिमले अघि बढाउनु पर्दछ ।

हामी त्यसरी “आदा” मुक्त भएर बोल्यौं भने ढिलो चाँडो मात्र हो नुन बोक्नेहरु मात्र अब होइन सुन बोक्नेहरुको हालत र हविगत पनि अन्तत: झ्यालखानाको बास हुने पक्का छ ।

 

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य