शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको बिशेष भेलाद्वारा टेक गुरुङलाई संयोजक चयन

२८ माघ २०७६, मंगलवार प्रवासी नेपाली एकता मञ्च अमेरिकाको बिशेष भेलाद्वारा टेक गुरुङलाई संयोजक चयन

न्यु योर्क
प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व उपाध्यक्ष टेक गुरुङ लाई विशेष भेलाको निर्णयले प्रवासी नेपाली एकता मञ्च अमेरिकाको संयोजकमा चयन गरेको छ ।
अमेरिकामा रहेर विभिन्न सामाजिक तथा अन्य क्रियाकलापमा सक्रिय रहेका गुरुङको संयोजकमा अन्य सदस्यहरू पनि चयन गरिएको छ ।

विशेष बैठकद्वारा जारी विज्ञप्ति:

प्रवासी नेपाली एकता मंच अमेरिकाको अधिवेसन (साधारण सभा) आयोजक समिती गठन ।

गत साल मार्च २५ ,२०१९ मा अमेरिकाको कानुन अनुसार(501c3) अमेरिकाका सबै राज्यहरुमा नेपाली कला संस्कृतिको सम्वर्धन, संरक्षण, दुखसुखमा हातेमालो र नेपालको विकाश, स्वास्थ्य , शिक्षा, नेपालीहरुको आपत विपतमा सक्दो सहयोग गर्ने उदेश्य राखेर गैर नाफा मुलक सामाजिक संस्था प्रवासी नेपाली एकता मंच अमेरिका ( Overseas Nepali Unity Forum- ONUF America ) को बार्षिक अधिवेसन (साधारण सभा) एक बर्ष भित्रै गर्नुपर्ने कानुनी प्रावधान रहेकोले सो संस्थाका बोर्ड अफ डाइरेक्टर हरुको प्रथम बैठक फेब्रुअरी ९ तारिख २०२० आइतबार संस्थाको आफ्नै कार्यालयमा बैठक बसी निम्नानुसार एजेन्डामा छलफल तथा निर्णय गरी माइन्युट गरिएको छ ।

एजेण्डाहरु ,

१. पदाधिकारीको चयन सम्बन्धमा

२. बैक खाता खोल्ने सम्बन्धमा

3. अधिबेसन आयोजक कमिटि र अधिवेसन सम्बन्धमा

निर्णयहरु ,

एजेन्डा न. १ मा छलफल गरी पुर्व प्रवासी नेपाली मच (ONF) का बरिस्ठ उपाधक्ष टेक गुरुङ- अधक्ष्य ( संयोजक ) , शंकर पन्त महासचिब , युबराज खनाल कोषाध्क्ष र संस्थाको प्रवक्तामा कमल ओझा हुने गरी निर्णय गरिएको ।

एजेण्डा न. २ मा छलफल गरी तुरुन्तै बैक खाता खोल्ने र अमेरिका भर बन्ने सदस्यहरुले सदस्यता शुल्क र अधिवेसन प्रतिनिधि शुल्क डिपोजिट गर्न अनुरोध गर्ने ।

एजेन्डा न. ३ मा छलफल गरी अधिवेसन आयोजक कमिटीमा सदस्यहरु थप्दै जाने र बिभिन्न विभागहरु बनाएयर जिम्मेवारी दिदै जाने र तोकिएको मितिमै भब्य र सभ्य रुपमा अधिवेसन (साधारण सभा ) गरी नया पदाधिकारीको निर्वाचन सम्पन्न गर्ने ।

यो पनि पढ्नुहोस :   अमेरिकाको राजनीतिमा नेपाली संलग्नता: एक भिडियो अन्तरबार्ता

नेपालयबाट

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य