बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

एनआरएन पोर्चुगलका वरिष्ठ उपाध्यक्षले पत्रकार कुटे, प्रहरीले खोजिरहेको छ

२८ माघ २०७६, मंगलवार एनआरएन पोर्चुगलका वरिष्ठ उपाध्यक्षले पत्रकार कुटे, प्रहरीले खोजिरहेको छ

लिस्वोन पोर्चुगल ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकारलाई कुटेर घाइते पारेको समाचार बाहिर आएको छ ।

थापाको कुटाईबाट घाइते घितालले स्थानिय अस्पतालमा उपचार गराएका छन् । उनलाई कुमको छेउमा चोट लागेर घाईते भएको अस्पत्तालको रिपोर्टमा छ ।

पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटका बिरुद्द प्रहरी समक्ष उजुरी दिएका छन् । पिडितको उजूरिपछि थापालाई स्थानिय प्रहरीले खोजी गरिरहेको छ । स्रोतका अनुसार उनी बचिबचि हिँडेका छन् ।

सबिन धिताल भोइस अफ नेपाल टिभी र प्रोचुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध पत्रकर हुन् ।भोइस अफ नेपालले पछिल्लो केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएको थियो ।

पुरा समाचार हेर्नुहोस

 

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   एनआरएनए पोर्चुगलमा काङ्ग्रेसका उम्मेदवारहरु विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य