बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

गर्भवती महिला तथा सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ माघ २०७६, मंगलवार गर्भवती महिला तथा सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

पाल्पा, माघ २७
बगनासकाली गाउँपालिका वार्ड नंम्बर ४ मा अवस्थित खानीछाप स्वास्थ्य चौकीमा गर्भवती महिला र सरोकारवाला बीच अन्तरक्रिया तथा सुनौला हजार दिन सम्बन्धी बस्ती स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न माघ २७ गते भएको छ ।

कार्यक्रममा बगनासकाली -४ का वडा अध्यक्ष श्री हुतमान दर्लामी अध्यक्षता तथा प्रमुख अतिथी कार्यपालिका सदस्य पविसरा दर्लामी, तथा वडा सदस्य धर्मराज अधिकारी, जीत बहादुर कनौजे, सरस्वती बि.क.,पविसरा दर्लामी अतिथी हुनुहुन्थ्यो । बगनासकाली गापा को अार्थिक सहयोग, सुआहाराको समन्वय रहेको सो कार्यक्रममा गीता कुमारी श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख श्री केशव दर्नालले गर्भवती महिलाले जाँच गराउनुको महत्व, खतराका संकेत, व्यक्तिगत स्वास्थ्य लगायत सुनौला हजार दिनको महत्व बारेमा विस्तृतमा जानकारी गराउनु भएको थियो । सि. अहेव लक्ष्मण ज्ञवालीले सञ्चालन गर्नु भएको कार्यक्रममा ७ जना गर्भवती महिला तथा तिनका अभिभावहरुको समेत उपस्थिति रहेको थियो ।

 

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   एनआरएनए अध्यक्षमा कुमार पन्त नै किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य