शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

बराङ्गदी स्वास्थ्य चौकीमा गर्भवती महिला तथा सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ माघ २०७६, मंगलवार बराङ्गदी स्वास्थ्य चौकीमा गर्भवती महिला तथा सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

पाल्पा, माघ २६

बगनासकाली गाउँपालिका वार्ड नम्बर ८ मा अवस्थित बराङ्गदी स्वास्थ्य चौकीमा गर्भवती महिला र सरोकारवाला बीच अन्तरक्रिया तथा सुनौला हजार दिन सम्बन्धी बस्ती स्तरिय अभिमुखिकरण कार्यक्रम यही २०७६ माघ २६ गते सम्पन्न भएको छ ।

कार्यक्रममा बगनासकाली -८ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष श्री गणेश प्रसाद बश्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू ठानेश्वर बश्याल, भगवती घिमिरे, सुमित्रा बि.क लगायतका जनप्रतिनीधी हुनुहुन्थ्यो । बगनासकाली गापाको अार्थिक सहयोग, सुआहाराको समन्वयमा सञ्चालन रहेको सो कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख गोम बहादुर क्षेत्रीले सहजीकारण गर्नु भएको थियो ।

स्वास्थ्य चौकी परिवारको सक्रियतामा स्थानीय रुपमा उपलब्ध पौष्टिक खाद्यवस्तुको नमूना प्रदर्शन समेत गरिएको थियो । स्थानीयहरूको प्रयोगमा रहेको खाना सम्बन्धी धारणा, भ्रमहरू यथार्थ कुरा र पौष्टिक महत्व, प्रोटोकल अनुसार चार पटक जाँच, गर्भावस्था अवस्थाका खतराका संकेत, प्रसुति तथा उत्तर प्रसुति अवस्थाका खतराका संकेतहरू, आराम र व्यायाम, परिवारको सहयोग, व्यक्तिगत सरसफाइ लगायतका कुराहरूमा गर्भवती तथा तिनको परिवारका सदस्य बीच व्यापक अन्तरक्रिया गर्नु भएको थियो ।

१० जना गर्भवति महिला तथा तिनको परिवारका सदस्यहरू सहभागी रहेको सो कार्यक्रममा स्थानीय रुपमा उपलब्ध खाद्यवस्तुबारे छलफल, गर्भवती जाँचको महत्व, गर्भमावस्था स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा, वृद्धि अनुगमन लगायतका बिषयमा स्वास्थ्य चौकी प्रमुख श्री गोम बहादुर क्षेत्रीले अन्तरक्रिया गराउनु भएको थियो ।

त्यसैगरी गर्भवती महिलाले जाँच गराउनुको महत्व, खतराका संकेत, व्यक्तिगत स्वास्थ्य लगायत सुनौला हजार दिनको महत्व बारेमा सुआहाराबाट प्रतिनिधीत्व गरेर आउनु भएकी सुनिता रेग्मीले छलफल गराउनु भएको थियो ।

 

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   संसारकी सबै भन्दा हिम्मत वाली केटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य