शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल पर्वतको संयोजकमा बैकुण्ठ गिरी

२८ माघ २०७६, मंगलवार सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल पर्वतको संयोजकमा बैकुण्ठ गिरी

पर्वत ।
पर्वतमा सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल पर्वत जिल्ला समिति गठन भएको छ । समितिको गठन भएसँगै त्यसको संयोजकमा सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरी चयन हुनुभएको छ ।

कुस्मा बजारमा आज सम्पन्न भएको भेलाले सह–सयोजकमा पत्रकार साजन परियार र सचिवमा पत्रकार रामकृष्ण लामिछानेलाई सर्बसहमत रुपमा चयन गरेको हो । यस्तै सदस्यहरुमा पत्रकार अगन्धर तिवारी, महेन्द्र के.सी, निर्भिक नारायण भूर्तेल, बिष्णु गौतम, ठाकुर रसाईली, ज्ञानप्रसाद भूषाल र कमला लामिछानेलाई चयन गरेको छ ।

समितिमा थप गर्नुपर्ने अन्य सदस्यहरुलाई कार्य समितिको बैठकले मनोनित गर्ने छ ।

सरकारी कार्यालय सहित स्थानीय तहहरुका सवैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्छ । यो सञ्जालले सरकारी कार्यालयहरुका प्रचारमुखी सुचना मात्र नभई व्यथितिलाई रोक्ने मुख्य कर्म राखेको छ । भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि.पौडेलले पत्रकारले कुनै पनि सर्तमा सहज रुपमा सुचना पाउने अधिकार यो संजालले पुरा गर्नेमा विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले जब पत्रकारले सुचना पाउन तब मात्रै आम नागरिक सुसुचित हुन्छन् भन्ने कुरामा जोडदिदैं कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो । यस्तै सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सरकारी कार्यालयहरुले सुचना दिने कुरामा आलटाल गर्ने भएको कारण यो संस्था आबश्यक परेको बताउनु भएको थियो ।

आचार्यले भन्नुभयो हामीले आम नागरीकले पाउने सुचना सहज रुपमा पाउने बातावरणको लागि अभियान चलाउनु परेको बताउनु भयो । सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल पर्वतको भेला आयोजक समितिका संयोजक शुसिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल कास्कीका सदस्य सविता शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस :   अमेरिकामा कांग्रेसको जागरण अभियान हुने

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य