बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

यहाँ देउता रिसाउँछ (कविता) – रजत तामाङ गोले

२८ माघ २०७६, मंगलवार यहाँ देउता रिसाउँछ (कविता)  – रजत तामाङ गोले

 

चम्ची चल्छ गिलास चल्छ
थाल चल्छ बटुको चल्छ
उसैले बनाएको यहाँ त्रिशूल चल्छ
बिन्ति तिम्रो देवस्थानमा उसलाई नलानू
फेरि तिम्रो यहाँ देउता रिसाउँछ ।

झ्याम्टा चल्छ दियाे चल्छ
काँसकाे गाग्री चल्छ
खुकुरी हाम्रो चिन्हारी पनि चल्छ
उसलाई तिम्रो भित्री काेठामा
पाइला टेक्नु नदिनू फेरि
तिम्रो यहाँ देउता रिसाउँछ ।

उसैले बनाएको बाजा बजाउँदै
उसलाई अगाडि अगाडि लगाउँदै
फूलहरु शिरदेखि पाउसम्म छर्दै
शुभ कार्य मान्छाैं
उसले फेरि पानी छोयाे भने
किन अछुत भनेर हेला गर्छाै
साँच्चै त्याे कठाेर मनको छ देउता
यहाँ किन देउता रिसाउँछ ?

उसैले सिलाएकाे लुगा लगाएर
बाहुन बाजे पुराण पढछ
उसैले सिलाएकाे लुगा लगाएर
तिम्रा काेठा भित्री मन्त्र पढ्छ
फेरि उसलाई अपवित्र भनेर
यहाँ हेला गर्छ
साँच्चै तिम्रो यहाँ देउता रिसाउँछ ?

काटे रगत एउटै हाे
दुई थाक दाउरा र आगाे एउटै चाहिन्छ
श्सानघाट पनि एउटै हाे
कसले भनेर म सानाे ताे ठूलो भनेर
साँच्चै सृष्टि सृजना गर्ने उसलाई
देख्दा यहाँ देउता रिसाउँछ ।

एकाइसाैं शताब्दीको याे युगमा
ढुंगालाई भगवान् र मान्छेलाई
भूत मान्नेहरु
विज्ञानकाे अनेकौं चमत्कारमा
आफ्नोपन हराउनेहरु
साँच्चै पत्थर भएको छ याे मुटुहरु
तिम्रो देउता रिसाउँछ ।

– मिरिक धुसेनी, हाल : दिल्ली, भारत ।

(रजत तामाङ गोलेको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   डिभी लोटरी भर्ने सही तरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य